राजनीति / देश
Friday, 25 Nov, 2022
चुनावी परिणाम सोचेअनुसार नआएको प्रचण्डको प्रतिक्रिया
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी परिणाम सोचेअनुसार नआएको प्रतिक्रिया दिएका छन्।
गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाण पत्र बुझेपछि आज गोरखा सदरमुकामस्थित हरमटारी जिविस चोकमा भएको विजयी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखामा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भए पनि देशभर सोचेजस्तो चुनावी परिणाम नआएको बताए।
उनले गोरखा २ का गाउँगाउँमा पुगेर केही दिनपछि मात्रै आफूले धन्यबाद सभाहरू गर्ने बताए।‘हाम्रो अपेक्षा जसरी परिणाम भन्ने थियो त्यसरी अलि भएन भन्ने छ। नसोचेको नसोचेको के-के कुरा भए भन्ने पनि छ,’ प्रचण्डले भने, ‘म अहिले काठमाडौं गइहाल्नुपर्ने भयो। देशभर जस्तो चुनावी परिणामको अपेक्षा गरिएको थियो त्यो अलि भएन भन्ने नै हो। त्यसका लागि गठबन्धन बैठक गरी जरूरी गृहकार्य गर्न पर्ने भएको छ।’उनले भनेका छन्।







