खेलकुद Monday, 19 Sep, 2022
Prestige Media

लुम्बिनीमा आइपुग्यो राष्ट्रिय खेलकुद ट्रफी

१ असोजदेखि प्रदेश राजधानीका साथै मुख्य सहरमा परिक्रमा र प्रदर्शन गर्ने क्रममा २ असोेजमा लुम्बिनी प्रदेशको बुटवल र बुद्ध जन्मभूमि लुम्बिनीमा ट्रफी प्रदर्शन गरिएको हो।

काठमाडौं– राष्ट्रिय खेलकुदको नवौं संस्करणअन्तर्गत निर्माण गरिएको राष्ट्रिय खेलकुद ट्रफी बुद्ध जन्मभूमिमा लुम्बिनीमा प्रदर्शन गरिएको छ ।
राष्ट्रिय खेलकुदमा सहभागी ७ प्रदेश, ३ विभागीय टोली र एनआरएनएमा प्रदर्शन गर्ने उद्देश्यले १ असोजदेखि प्रदेश राजधानीका साथै मुख्य सहरमा परिक्रमा र प्रदर्शन गर्ने क्रममा २ असोेजमा लुम्बिनी प्रदेशको बुटवलका साथै बुद्ध जन्मभूमि लुम्बिनीमा प्रदर्शन गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसी, ओलम्पियन सुरेन्द्र हमाल, सदस्यसचिव जयप्रकाश भट्टराई, तिलोत्तमा नगरका मेयर रामकृष्ण खाण र प्रदेशसभा सदस्य भुवनेश्वर थारु उपस्थित थिए ।

दक्षिण एसियाली खेलकुदको लगातार ४ संस्करणमा नेपालका लागि ४ स्वर्ण पदकधारी दीपक विष्टको नेतृत्वमा दीपक श्रेष्ठ, भलिबल महिला टिमकी कप्तान अरुणा शाही, क्रिकेटका कप्तान पारस खड्का र अल्ट्रा धावक मीरा राईलगायतको ट्रफी टुर कार्यदलले ट्रफीलाई सातै प्रदेशको राजधानीलगायत मुख्य सहर, विभागीय टोली र एनआरएनएको मुख्य कार्यालयमा भ्रमण गराउने र प्रदर्शन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी गत शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक गरेका थिए ।
राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक बनाइएको ट्रफीलाई त्यसपछि सात वटै प्रदेशमा लगिँदै छ । ट्रफीलाई २३ असोजमा प्रतियोगिता स्थल गण्डकी प्रदेशको पोखरामा लगिनेछ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २८ असोजमा पोखरा रंगशालामामा उद्घाटन गर्ने कार्यतालिका छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

अन्तिम टेष्ट म्याचमा भारतको रोमान्चक जित

विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL