खेलकुद
Wednesday, 7 Sep, 2022
साफ महिला च्याम्पियनसिपमा पाकिस्तानमाथि भारतको जित
बुधबार भएको साफ महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को खेलमा भारतले पाकिस्तानलाई ३–० ले हराएको हो।
काठमाडौं– साफ महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको समूह ‘ए’ को खेलमा भारतले पाकिस्तानलाई ३–० ले हराएको छ ।
दशरथ रंगशालामा भएको खेलमा भारतले आत्मघाती गोलबाट अग्रता लिएको थियो ।
२१औं मिनेटमा पाकिस्तानी गोलरक्षक शाहिद बुखरीले पञ्च गरेको बललाई कप्तान मारियाले आफ्नै पोस्टमा गोल गरेकी हुन् ।
त्यसको २ मिनेटमा नै भारतकी ग्रेस डाङ्मीले अन्जु तामाङको पासमा पहिलो बारमा गोल गरिन् र भारतलाई पहिलो हाफमा २–० को अग्रता दिलाइन् ।
सोमिया गुगुलोथले इन्जुरी समयमा गोल गर्दै भारतलाई ३–० को जित दिलाइन् । ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तान दोस्रो हाफमा केही चलायमान देखिए पनि गोल भने गर्न सकेन ।







