खेलकुद Sunday, 4 Sep, 2022
Prestige Media

नेपालले जित्यो केन्याविरुद्धको तीन दिवसीय सिरिज

नेपालले दिएको २३१ रनको विजय लक्ष्य पछ्याएको केन्या ४६.३ बलमा २१३ रनमा अलआउट भएको थियो

काठमाडौं– केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले तीन दिवसीय क्रिकेट शृंखला एक खेलअघि नै जितेको छ। शनिबार केन्यालाई १७ रनले हराउँदै नेपालले अन्तिम खेलअघि नै शृंखला आफ्ना पक्षमा पारेको हो।

नेपालले दिएको २३१ रनको विजय लक्ष्य पछ्याएको केन्या ४६.३ बलमा २१३ रनमा अल आउट भएको थियो ।

केन्याका रकेप पटेलले ८१ रन बनाए पनि दीपेन्द्र सिंह ऐरीले उनलाई बसिर अहमदबाट क्याचआउट गराएपछि केन्याको इनिंग्स धरमराउन पुग्यो। केन्याका लागि नेलसन ओधिम्बोले २८, कोलिन्स ओबुयाले ३७, नेहमिया ओधिम्बोले १२ रन जोडे ।

केन्याविरुद्ध सोमपाल कामी तीन र दीपेन्द्र सिंह ऐरीले चार विकेट लिए । सोमपालले पहिलो बलमै नेपाललाई सफलता दिलाएका थिए ।
यस्तै दीपेन्द्रले ८१ रन बनाएका रकेपलाई क्याच आउट गराएसँगै नेपाल जितउन्मुख भएको थियो । करण केसी, पवन सर्राफ र आदिल अन्सारीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ बलमा सबै विकेट गुमाउँदै २३० रन बनाएको थियो ।नेपालका लागि कप्तान रोहितकुमार पौडेल ७८ रन जोडेसँगै नेपालले केन्यालाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो ।

ओपनर देव खनाल ३७ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्ल २५, बसिर अहमद १७, आदिल अन्सारीले १४ र सोमपाल कामी २६ रन जोडे । अन्तिम विकेटका लागि करण केसीले ११ रन बनाए ।

पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो । एक दिवसीय शृंखलाको अन्तिम खेल सोमबार हुनेछ । टी २० सिरिज पनि नेपालले नै जितेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

अन्तिम टेष्ट म्याचमा भारतको रोमान्चक जित

विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL