प्रमुख समाचार
Sunday, 4 Sep, 2022
भारतीय सेना प्रमुख नेपाल आउँदै
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे पाँच दिने भ्रमणका लागि काठमाडौं आउन लागेका हुन्।
काठमाडौं– भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे आइतबार नेपाल भ्रमणमा आउँदै छन् ।नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे पाँच दिने भ्रमणका लागि काठमाडौं आउन लागेका हुन् ।
भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछिन् । नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने चलन छ ।
नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति शर्मालगायतलाई भेट्ने कार्यक्रम छ ।