Breaking News
Friday, 2 Sep, 2022
आयल निगमले फेरि बढायो मूल्य
इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले बढ्नासाथ नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।
काठमाडौं–नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले बढ्नासाथ नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
नियमले बिहीबार मध्यरातीदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । अब डिजेल र मट्टीतेलमा लिटरको १७८ रुपैयाँ पर्नेछ ।
पेट्रोल, हवाई सन्धन र एलपी ग्यासको मूल्य भने यथावतै राखिएको निगमले बताएको छ ।







