Breaking News
Tuesday, 30 Aug, 2022
मंगलबार थपिए २५७ कोरोना संक्रमित
नेपालमा हाल ३,१४६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक
काठमाडौं–पछिल्लो २४ घन्टामा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले विवरण सार्वजनिक गरेको छ ।
मन्त्रालयका अनुसार ३,९२१ जनाको परीक्षणमा २५७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा १४३ र २ हजार ४६३ जनाको एन्टिजेन परीक्षण गर्दा १४४ जनामा संक्रमण देखिएको हो ।
योसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार १४६ पुगेको छ ।
पछिल्लो २४ घन्टामा २३२ जना संक्रमणमुक्त भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार ६८८ पुगेको छ ।







