स्वास्थ्य Sunday, 21 Aug, 2022
Prestige Media

५० जिल्लाका बालबालिकालाई लगाइँदै फाइजर खोप

काठमाडौं–स्वास्थ्य मन्त्रालयले आइतबारदेखि ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिन थालिएको बताएको छ ।मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकालाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो ।यस्तै, २७ भदौदेखि १ असोजसम्म कोभिड–१९ विरुद्धको फाइजरको दोस्रो मात्रा दिइनेछ ।

मन्त्रालयका अनुसार ५० जिल्लामध्ये प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम, उदयपुरका बालबालिकालाई फाइजर खोप दिइनेछ ।मधेस प्रदेशका बारा, रौतहट र सर्लाही तथा बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकका बालबालिकालाई खोप दिइँदै छ ।

गण्डकी प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङजा र तनहुँ तथा लुम्बनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, रुकुम पूर्व जिल्लाका बालबालिकालाई पनि कोभिडविरुद्धको खोप दिन लागिएको छ ।

कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख, जाजरकोट तथा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालिबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य मन्त्रालयले बताएको छ ।यसअघि सरकारले २७ जिल्लाका बालबालिकालाई फाइजर खोप दिएको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

उच्च रक्तचाप र मधुमेहका बिरामीलाई टोखा नगरपालिकाको ५ हजार आर्थिक सहयोग

कर्णाली पुलबाट १७ जनाले हाम फाले, एक बेपत्ता

बिमामा आबद्ध अस्पताललाई ओपिडी सेवा सञ्चालन गर्न बोर्डको निर्देशन

५४ लाख बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

उदयपुरमा जिप पल्टिँदा ६ जनाको मृत्यु

२० लाख बालबालिकाले लगाए दादुरा खोप

आजदेखि लगाइँदै करिब ५७ लाख बालबालिकालाई दादुराविरुद्धको खोप

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान

महानगरको विपन्न उपचार अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध

चौथो जीवनस्तर सर्वेक्षण सार्वजनिक, ५ प्रतिशतले घट्यो गरिबी
गोकुल अर्याल
फोटो

दादुरा–रुबेलाविरुद्धको खोपः २ लाख ८० हजार मात्रा आउनुपर्नेमा ६० लाख मात्रै

विश्व क्यान्सर दिवस मनाइँदै

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL