स्वास्थ्य Sunday, 21 Aug, 2022
Prestige Media

५० जिल्लाका बालबालिकालाई लगाइँदै फाइजर खोप

काठमाडौं–स्वास्थ्य मन्त्रालयले आइतबारदेखि ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिन थालिएको बताएको छ ।मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकालाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो ।यस्तै, २७ भदौदेखि १ असोजसम्म कोभिड–१९ विरुद्धको फाइजरको दोस्रो मात्रा दिइनेछ ।

मन्त्रालयका अनुसार ५० जिल्लामध्ये प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम, उदयपुरका बालबालिकालाई फाइजर खोप दिइनेछ ।मधेस प्रदेशका बारा, रौतहट र सर्लाही तथा बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकका बालबालिकालाई खोप दिइँदै छ ।

गण्डकी प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङजा र तनहुँ तथा लुम्बनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, रुकुम पूर्व जिल्लाका बालबालिकालाई पनि कोभिडविरुद्धको खोप दिन लागिएको छ ।

कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख, जाजरकोट तथा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालिबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य मन्त्रालयले बताएको छ ।यसअघि सरकारले २७ जिल्लाका बालबालिकालाई फाइजर खोप दिएको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री

सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश

महानगरको छात्रवृत्ति परीक्षामा सोह्र हजार सहभागी हुँदै

स्वास्थ्य बीमा क्षेत्रमा पुन विचार गरिनेछ: प्रधानमन्त्री

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्नु : प्रम केपी ओली

अब रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

स्वास्थ्य मन्त्री पौडेल अस्पताल भर्ना

अण्डाको मूल्य बढ्यो

कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL