राजनीति / देश Sunday, 21 Aug, 2022
Prestige Media

कांग्रेसलाई दलाल भन्नेहरूसँग तालमेल गर्नुहुन्न : गगन थापा

काठमाडौं–कांग्रेस महामन्त्री गगन थापाले चुनावपछि सत्तारुढ गठबन्धन एक ठाउँ रहने ग्यारेन्टी अहिले नै तय हुनुपर्ने बताएका छन् ।
कांग्रेसको प्रदेशसभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले अहिले तालमेल गरेर सत्ता गठबन्धनमा रहेका दललाई मत मागे पनि चुनावपछि गठबन्धन कायम रहने ग्यारेन्टी नभएको दाबी गरेका हुन् ।

‘हामी तालमेल गरेर चुनावमा भोट मागौंला। तर चुनाव भएको ६ महिनामा एउटा एकातिर, अर्को अर्कोतिर हिँड्दैन भन्ने के ग्यारेन्टी छ?’ उनको प्रश्न छ ।२०७४ को चुनावमा एमाले र नेकपा माओवादी केन्द्रले वाम गठबन्धन गरेर पार्टी एकीकरण गरे पनि पछि अलग भएको स्मरण गर्दै उनले यो चुनावपछि त्यस्तै हुन सक्ने औंल्याए ।

चुनावअघि भन्दा चुनावपछिको तालमेल उपयुक्त हुने भए पनि तालमेल गर्ने पार्टीको निर्णय मान्नुपर्ने अवस्था रहेको थापाले सुनाए ।‘चुनावअघि तालमेल गर्नुहुन्न भन्ने कुरा ठीक हो। तर हामीले तालमेल गर्नुहुँदैन भनेर के गर्ने अर्कोले गरिहाल्छ,’ उनले भने, ‘निर्वाचनअघि तालमेल नगरेपछि हाम्रो स्थिति के हुन्छ? २०७४ भोगिसकियो ।’

पार्टीका कतिपय नेताहरूले निर्वाचनपछि तालमेल गर्ने कि नगर्ने भन्ने कुरा हाम्रो नियन्त्रणमा छैन भनेपछि पार्टी निर्णय मान्नुपरेको पीडा उनले ओकले। ‘पार्टीमा आफ्नो विचार राख्ने, आफ्नो विचारलाई पार्टीको विचार बनाउन खोज्ने र सम्भव नभए पार्टीको निर्णय मानेर जाने हो,’ उनले भने ।

चुनावअघि तालमेल गर्दा दलहरूबीच न्यूनतम विषयमा साझा धारणा हुनुपर्ने महामन्त्री थापाको जिकिर छ ।‘तालमेल गरेर एक ठाउँमा बसेको छ, प्रत्येक विषयमा चाहे विदेश नीतिको विषय आयो भने एउटाले अर्कोलाई दलाल भन्ने । दलाल पनि भनेको छ, सँगै पनि बसेको छ,’ उनले भने ।न्यूनतम कुरा पनि मिल्दैन भने चुनाव जित्न मात्र तालमेल गर्न नहुने थापाको अडान छ ।तालमेल गर्दा पार्टीहरूको जनमत पनि हेर्नुपर्ने उनले बताए । अमुक पार्टीको २ हजार मत छ, कांग्रेसको २० हजार छ । ‘२० हजारमा २ हजार खन्याएर २२ हजार बनाउन सजिलो हुन्छ तर २ हजारमा २० हजार जोड्दा सबै जाँदैन, चुहिन्छ,’ उनले भने ।

गठबन्धनमा सिट बाँडफाँट गर्दा २०७४ मा जितेको ठाउँलाई मात्र आधार मान्न नहुने थापाको तर्क छ । ‘यो बाटोतिर गयौं भने पार्टीभित्र ठूलो असन्तुष्टि आउँछ,’ उनले भने ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

रास्वपा शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे मनोनीत

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

संवैधानिक पदाधिकारी नियुक्तिको बाटो खुल्यो, प्रधानन्यायाधीश सिफारिस कहिले ?

कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

प्रधानमन्त्रीको शपथ ग्रहणमा सांस्कृतिक विविधता: मिथिला आर्टदेखि सिलाम साक्मा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL