स्वास्थ्य
Sunday, 21 Aug, 2022
२९९ कोरोना संक्रमित थपिए
काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा थप २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ ।मन्त्रालयका अनुसार ४,३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो । १,६७० पीसीआर परीक्षणमा १८० र २,६६७ एन्टिजेन परीक्षणमा ११९ जना संक्रमित फेला परेका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५७७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४,६२५ रहेको मन्त्रालयले बताएको छ ।







