Breaking News
Wednesday, 17 Aug, 2022
बुधबार थपिए ८५२ कोरोना संक्रमित
काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ ।
मन्त्रालयका अनुसार ६,८८३ को परीक्षणका क्रममा ८५२ जनामा संक्रमण पुष्टि भएको हो ।
३,८७६ जनाको पीसीआर परीक्षण गर्दा ५३१ र २,५०७ जनाको एन्टीजेन परीक्षण गर्दा ३२१ जनामा संक्रमण देखिएको मन्त्रालयले बताएको छ ।
योसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ५,४६२ पुगेको छ। पछिल्लो २४ घन्टामा ३२८ जना संक्रमणमुक्त भएका छन्।







