खेलकुद
Tuesday, 9 Aug, 2022
नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त
भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
प्रभाकरले भारतका लागि ३९ टेष्ट म्याच खेलेका छन् भने १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।नेपाल क्रिकेट संघ क्यानले सोमबार विज्ञप्ती जारी गर्दै प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।प्रभाकरले प्रशिक्षकको रुपमा अफगानिस्तान क्रिकेट टिमको प्रशिक्षक रहेर काम गरिसकेका छन् । यस्तै रणजी ट्रफीमा दिल्ली, राजस्थान र युपी क्रिकेट यसोसिएसनको प्रशिक्षक रहिसकेका छन् ।
स्कटल्याण्डमा आईसीसी क्रिकेट विश्वकप लिग टु खेलेर फर्केलगत्तै पुबुदु दासानायकेले पदबाट राजीनामा दिएपछि नेपाल प्रशिक्षकविहीन थियो ।







