Breaking News
Sunday, 19 Jun, 2022
पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण मिलेको प्रचण्डको भनाइ
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको बताएका छन् ।
पार्टी निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विभाजनलाई निषेध गर्दै एकताले ठाउँ लिन लागेको र पूर्वमाओवादीहरू छिट्टै एक ठाउँमा आउने जिकिर गरेका हुन् ।
‘सबै पूर्व माओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको छ,’ उनले भने, ‘अब फेरि विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ।’