प्रविधि Monday, 30 May, 2022
Prestige Media

गहिरो समुद्रमा भेटियो एलियनको सपिङ ब्याग !

प्रशान्त महासागरको गहिराइबाट एउटा भिडियो सार्वजनिक भएको छ जसमा देखिएको चिजलाई एलियनको सपिङ ब्याग भनेर नाम दिइएको छ । वास्तवमा यो निकै अचम्मको देखिने जीव हो जसको शरीरभित्र जे जति छ, त्यो बाहिर बाटै स्पष्ट रुपमा देख्न सकिन्छ ।

यो पारदर्शी जीवको पेट हेर्दा यस्तो लाग्छ कि त्यहाँ भित्र कुरकुरेका निकै चम्किलो टुक्रा छन् ।  यो निकै अचम्मको छ, ब्यागजस्तै देखिन्छ, भित्रको सामान पनि निकै अचम्मको, त्यसैले यसलाई एलियनको सपिङ ब्याग भनिएको हो ।

यो सी कुकम्बरको एक अज्ञात प्रजाति हो

समुद्रबाट करिब ७,२२१ फिट गहिराइमा यो जीव भेटिएको हो जुन सी कुकम्बरको एक अज्ञात प्रजाति हो । यसलाई एउटा भिडियो क्लिपमा निकै स्पष्ट रुपमा देख्न सकिन्छ । द ओशन एक्सप्लोरेशन ट्रस्टको नोटिलस लाइभमा एजुकेशन र आउटरिचकी निर्देशक मेगन कुकका अनुसार प्रशान्त महासागरको गहिराइमा एक ROV (आरओभी) ले यो जीवलाई क्यामरामा कैद गरेका हो । आरओभी अर्थात् पानीभित्र यात्रा गर्ने गाडी जसलाई रिमोटमार्फत् चलाउन सकिन्छ । यसलाई किङगम्यान रिफ र पाल्मायरा एटोलमा एक सिमाउन्ट नजिकै देखिएको थियो ।

मेगन कुकका अनुसार यो देख्नु सधैँ रोमाञ्चक र शानदार हुन्छ किनभने यो निकै अचम्मको जनावर हो । सी कुकम्बर होलोथुरियन वर्ग भित्र पर्छन् । यसका थुप्रै प्रजाति मध्य प्रशान्त क्षेत्रमा पाइन्छ । रिसर्च वेसल ई–वी नटिलससँग जोडिएको आरओभीले जुन जीवलाई देख्यो त्यो एक एल्पिडिडी फ्यामिलीको हो । यो गहिरो समुद्रमामा बस्छन् जुन समुद्रको पिँधमा बसेको समुद्री बरफ, छालाका कोसिका, मृत जनावरको मल र टुक्रामा जीवित रहन्छ ।

खाना खानका लागि यो जनावर आफ्नो चिप्चिपे टेन्टकलको मद्दत लिन्छ । यसको टेन्टकल पात वा ताराको आकारका हुन्छन् जसले यसको मुखको चारैतिर रातो फ्रिन्ज बनाउने गर्छ । यसैको मद्दतले यो खाना र कार्बनिक पदार्थलाई आफ्नो मुखसम्म लैजाने गर्छ । यसको पेटमा चम्किलो कुरकुरेजस्तो चिज वास्तवमा यसको चम्किलो आन्द्रा हो । यो पारदर्शी हुन्छन् त्यसैले यसभित्रका भागलाई स्पष्ट रुपमा देख्न सकिन्छ ।

इभी नोटिलसले आफ्नो आरओभी डाइवको लाइभस्ट्रिम गर्छ ।  अहिलेको सिजन अक्टोबरको अन्त्यसम्म चल्नेछ । युट्युबमा /EVNautilus मा लाइभस्ट्रिम हेर्न सकिन्छ ।

एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

निष्क्रय बनाइएका सामाजिक सञ्जाल पुनःसञ्चालनमा

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य

युरोपियन अटो ग्रुपद्वारा अमेरिका र इयूबिचको सम्झौताको स्वागत

एआईबाट लाभ लिनुपर्ने मन्त्रीको भनाइ

अन्तरिक्ष स्टेशनतर्फ अमेरिका,जापान र रुसी अन्तरिक्ष यात्रीको संयुक्त यात्रा

लोक सेवा पदपूर्तिको वार्षिक कार्यतालिका सार्वजनिक

नेप्से २९ सय नजिक बढ्यो ७५.८४अंक

ट्राफिक सचेतना कक्षा अनलाइनबाट

नासाले अक्सियम मिसन-४ प्रस्थानको प्रत्यक्ष प्रसारण गर्ने

एप्पलद्वारा इयूलाइ ५० करोड युरो जरिवानाबारे पुनर्विचार गरिदिन आग्रह गर्ने

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL