प्रविधि Monday, 30 May, 2022
Prestige Media

फेसबुकको मेटाभर्समा युवतीको भर्चुअल बलात्कार !

फेसबुकको मातृ कम्पनी मेटाको भर्चुअल संसार मेटाभर्स अर्थात् होराइजन वर्ल्डस् विवादमा तानिएको छ ।

वास्तवमा यो भर्चुअल संसारमा वास्तविक अनुभवको खोजी गर्ने एक युवतीले त्यहाँ एक अपरिचित व्यक्तिमाथि बलात्कारको आरोप लगाएकी छिन् ।

आफूमाथि मेटाभर्समा बलात्कार भैरहेको बेलामा अन्य मानिसहरूले तमासा हेरेर बसिरहेको र कतिपयसँग भोडकाको बोतलसमेत रहेको उनको दाबी छ ।

SomeOfUS  एक अन्तर्राष्ट्रिय गैरनाफामूलक पैरवी संस्था तथा अनलाइन कम्युनिटी हो । यसले जलवायु परिवर्तन, श्रमिक अधिकार, भेदभाव, मानवअधिकार, पशु अधिकार, भ्रष्टाचार तथा कर्पोरेट सत्ता हडप्ने जस्ता मुद्दामा कम्पनीहरुलाई जवाफदेही बनाउने अभियान चलाउँदै आएको छ । सोही संस्थाले २१ वर्षकी एक अनुसन्धानकर्ता युवतीलाई यहीँ महिनाको सुरुमा भर्चुअल संसारमा पठाएको थियो ।

रिपोर्ट अनुसार भर्चुअल संसारमा प्रवेश गरेको १ घण्टाभित्रै ती युवतीको अवतारमाथि यौन हिंसा गरियो । भर्चुअल दुनियाँमा उनको अनुभव भ्रमित गर्ने वा भड्काउने खालको रह्यो । ती युवतीका अनुसार भर्चुअल संसारमा घटनाक्रमहरू यति तीव्र गतिमा भए कि उनी एक प्रकारले त्यसबाट कसरी बाँच्ने भन्ने सोच्न बाध्य भइन् ।

आफ्नो मस्तिष्कको एक हिस्साले त्यहाँ के भइरहेको छ भनेर सोध्ने गरेको र अर्को हिस्साले आफ्नो वास्तविक शरीर होइन भनेर ढुक्क गराउने गरेको उनले बताइन् ।

उक्त घटनाका बारेमा संस्थाले हालै एक नयाँ रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोर्टको शीर्षक -Metaverse: another cesspool of toxic content रहेको छ ।

तर मेटाभर्समा आफूमाथि भर्चुअल बलात्कार भएको ती शोधकर्ता युवतीको आरोपका विषयमा मेटा कम्पनीका प्रवक्ताले भने कम्पनीकै बचाउ गरेका छन् । ती युवतीले मेटाभर्समा रहेको पर्सनल बाउन्ड्री नामक सुरक्षा फिचर प्रयोग नगरेको हुँदा उक्त घटना भएको प्रवक्ताको भनाइ छ ।

उनको अनुसार पर्सनल बाउन्ड्री एक सुरक्षा उपकरण हो जुन अपरिचित व्यक्तिलाई एक मिटर टाढा राख्नका लागि प्रयोग गरिन्छ । यदि मेटाभर्समा उक्त उपकरण प्रयोग गरियो भने अपरिचित व्यक्ति आफ्नो नजिक आउन नसक्ने उनको भनाइ छ ।

मेटा कम्पनीको भर्चुअल संसार होराइजनमा पर्सनल बाउन्ड्रीको सुरुवाती दूरी ४ फिट रहेको छ । तर कतिपय मानिसहरूले यस्ता सेफ्टी फिचर बन्द गर्ने हुनाले भर्चुअल संसारमा दुर्व्यवहारमा पर्ने गरेका उनले बताए ।

स्मरण रहोस् फेसबुकले गतवर्ष भर्चुअल रियालिटी प्लाटर्फम मेटाभर्सको घोषणा गरेको थियो । यसमा सबै चिज भर्चुअल्ली नै हुने गर्दछ । होराइजन वर्ल्डस् त्यसैकेा एक हिस्सा हो ।

सरल शब्दमा भन्दा यो एक भर्चुअल रियालिटी अथात् कल्पना तथा आभासको एक अमूर्त संसार हो । जहाँ तपाईं यथार्थमा नरहेको भए पनि तपाईंको भर्चुअल अवतार अर्थात् डमी उपस्थित भएको हुन्छ ।

मेटाभर्सको यो सेवा हाल अमेरिका र क्यानडामा उपलब्ध छ । यो भर्चुअल संसारमा १८ वर्ष र त्यसभन्दा माथिका व्यक्तिहरू प्रवेश गर्न पाउँदछन् । फेसबुकका अनुसार होराइजन वर्ल्डस् मेटाभर्समा प्रवेश गर्ने सुरुवाती पाइला हो ।

एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

निष्क्रय बनाइएका सामाजिक सञ्जाल पुनःसञ्चालनमा

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य

युरोपियन अटो ग्रुपद्वारा अमेरिका र इयूबिचको सम्झौताको स्वागत

एआईबाट लाभ लिनुपर्ने मन्त्रीको भनाइ

अन्तरिक्ष स्टेशनतर्फ अमेरिका,जापान र रुसी अन्तरिक्ष यात्रीको संयुक्त यात्रा

लोक सेवा पदपूर्तिको वार्षिक कार्यतालिका सार्वजनिक

नेप्से २९ सय नजिक बढ्यो ७५.८४अंक

ट्राफिक सचेतना कक्षा अनलाइनबाट

नासाले अक्सियम मिसन-४ प्रस्थानको प्रत्यक्ष प्रसारण गर्ने

एप्पलद्वारा इयूलाइ ५० करोड युरो जरिवानाबारे पुनर्विचार गरिदिन आग्रह गर्ने

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL