एएफसी एसियन कप छनोटका लागि अन्तिम टोली घोषणा
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि अन्तिम टोली घोषणा गरेका छन् ।
एएफसी एसियन कप २०२३ छनोटको समूह ‘ए’ मा नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दैछ । नेपालले आफ्नो पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्नेछ भने जुन ११ मा कुवेतसँग खेल्नेछ । अन्तिम खेल जुन १४ मा इन्डोनेसियासँग हुनेछ ।प्रशिक्षकसँग विवादमा परेका खेलाडीहरु भने टिममा परेका छैनन् ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणबाट १० खेलाडीलाई निकालेको विवाद समाधान हुनुअघि नै टोलीको घोषणा गरिएको छ ।यस घटनाबारे अखिल नेपाल फुटबल संघ एन्फाले गठन गरेको तीन सदस्यीय छानविन समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ ।
नेपाली टोली
गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्र सिंह थापा
डिफेन्डरः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डर : आकाश बुढा मगर, अरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुनिल बल, सुरज जेउ ठकुरी
फरवार्ड : आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ








