Breaking News Wednesday, 23 Mar, 2022
Prestige Media

विश्वको १० प्रदूषित सहरको सूचीभित्र काठमाडौं

९ चैत, काठमाडौं । काठमाडौं  विश्वकै प्रदूषित सहरमा खराब १० भित्रको सूचीमा परेको छ । मंगलबार विहान ९.४५ बजेको तथ्यांकअनुसार काठमाडौंको वायु विश्वको ९औं प्रदूषित सहरभित्रको सूचीमा छ ।

वायुको गणस्तर मापनका आधारमा यस्तो सूची सार्वजनिक गर्ने आईक्युएयरका अनुसार मंगलबार काठमाडौं विश्वकै प्रदूषित सहरको छैठौं स्थानमा थियो । स्विट्जरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार अहिले काठमाडौंको वायुको गुणस्तर ‘अस्वस्थकर’ स्तरमा छ ।

केही दिनदेखि काठमाडौं उपत्यकाको वायुमण्डल सफा छैन । बिहान तुवाँलोले वायुमण्डल ढाकिरहेको छ । आँखा पिरो हुने, चिलाउने र नाक पोल्ने अनुभव हुन थालेको छ । गत वर्ष  सरकारले प्रदूषण बढेपछि चार दिन विद्यालय बन्द गर्ने निर्णय नै लिनु परेको थियो ।

पोलुनस डट जीओभी डट एनपीका अनुसार बुधबार कीर्तिपुर क्षेत्रको वायुमण्डल बढी प्रदूषित छ । पोखरा, सिमारा, भरतपुर, धनकुटा र नेपालगञ्ज क्षेत्रको वायु पनि प्रदूषित अवस्थमा पुगेको छ ।

नेपाल सरकारले पनि काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामा वायु प्रदूषण आपत्कालसम्बन्धी व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकले तीन माघ २०७६ मा पारित गरेको यो कार्ययोजनामा स्पष्ट रुपमा ३०० एक्यूआई नाघेपछि विपद् घोषणा गर्ने भनिएको छ । अहिले काठमाडौंको एक्यूआई १६०को हाराहारीमा छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL