Breaking News Sunday, 31 Jan, 2021
Prestige Media

नेपाललाई चीनको ३ लाख डोज कोरोना खोप

छिमेकी चीनले आफ्नै घर उत्पादन भएको कोरोनाभाइरसविरूद्धको खोप नेपाललाई अनुदानमा दिने भएको छ ।
काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार चीनले ३ लाख डोज कोरोना भ्याक्सिन छिट्टै नेपाललाई अनुदानमा दिने निर्णय गरेको छ ।
संसारभर र चीनभित्रै पनि ठूलो माग भए पनि नेपाल–चीन मित्रताको महत्वका कारण चीनले नेपाललाई भ्याक्सिन दिन लागेको दूतावासले बताएको छ ।
चीनले दिएको भ्याक्सिन १ लाख ५० हजार जना मानिसमा लगाउन मिल्नेछ ।
चीनले दिन लागेको भ्याक्सिन चिनियाँ कम्पनी सिनोफार्मले विकास र उत्पादन गरेको हो । यो भ्याक्सिनले चीनमा यसअघि नै ससर्त अनुमति पाइसकेको र जनवरी ३१ सम्म २ करोड ४० लाख मानिसलाई दिइसकेको दूतावासले जनाएको छ ।
खोपको प्रभावकारिता ७९.३४ प्रतिशत रहेको दाबी गरिएको छ ।
दूतावासले खोपको सुरक्षा र प्रभावकारिता विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डभन्दा माथि रहेको उल्लेख गरेको छ । अहिलेसम्म पाकिस्तान, इजिप्ट, हंगेरी, युएईलगायत १३ मुलुकमा भ्याक्सिनले आपतकालीन प्रयोगको अनुमति पाएको दूतावासले बताएको छ ।
नेपालमा भने चिनियाँ खोपलाई अहिलेसम्म अनुमति दिइएको छैन । दूतावासले नेपाली अधिकारीसँग खोपको अनुमतिका लागि संयोजन गरिरहेको र छिट्टै खोप नेपाललाई उपलब्ध गराउने बताएको छ ।
यसअघि गत साता भारतले नेपाललाई १० लाख डोज भ्याक्सिन अनुदानमा दिएको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL