Breaking News Monday, 5 Oct, 2020
Prestige Media

यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार घोषणा

एजेन्सी
स्वीडेन– यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकले पाएका छन् ।
सोमबार स्वीडेनको स्टकहोमस्थित कारोलिनस्का इन्स्टिच्युटमा बसेको नोबेल कमिटी बैठकले हेपाटाइटिस सी भाइरस पत्ता लगाउने ३ जनालाई पुरस्कार दिने निर्णय गरेको हो ।
मेरिल्यान्डको युएस नेसनल इन्स्टिच्युट अफ हेल्थका हार्भे जे अल्टर, न्युयोर्कको रकेफेल्लर युनिभर्सिटीका चाल्र्स एम राइस र क्यानाडास्थित युनिभर्सिटी अफ अल्बर्टाका बेलायती भाइरोलोजिस्ट माइकल ह्युगटनले १० मिलियन स्विडिस क्रोनरको पुरस्कार पाउने भएका छन् ।
तीन वैज्ञानिकले सिरोसिस र कलेजोको क्यान्सरको मुख्य कारण हेपाटाइटिस सी भाइरस पत्ता लगाएका थिए ।
नोबेल कमिटीका सचिव थोमस पर्लम्यानले लाखौंलाई प्रभाव पारेको हेपाटाइटिस सी भाइरसलाई प्लेगको रूपमा वर्णन गरेका छन् । उनले पुरस्कार विजेता अल्टर र राइसलाई फोन गरी जानकारी गराएको र भाइरोलोजिस्ट ह्युगटनसँग सम्पर्क नभएको बताए ।
विश्व स्वास्थ्य संगठनका अनुसार हाल ७ करोड बढीलाई हेपाटाइटिस सी भाइरसको संक्रमण छ । हरेक वर्ष त्यसको संक्रमणबाट ४ लाखले ज्यान गुमाउने गरेका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL