Breaking News Friday, 2 Oct, 2020
Prestige Media

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण

एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहानै आफूलाई कोरोना भाइरस संक्रमण भएको घोषणा गरेका छन् । ट्रम्प पत्नी प्रथम महिला मेलानिया ट्रम्पलाई पनि कोरोना संक्रमण देखिएको छ ।
कोरोना संक्रमणबाट बच्नका लागि विज्ञहरुले जारी गरेको निर्देशिकालाई ट्रम्पले सुरुमा मजाकमा उडाएका थिए । तर, निर्वाचन अभियानले तीव्रता पाइरहेका बेला उनी एक्कासि संक्रमित भए ।
यसअघि आप्mना सहयोगी होप हिक्समा कोरोना संक्रमण देखिएपछि ट्रम्पले बिहीबार राती क्वारेन्टाइन बस्ने योजना सुनाएका थिए । उनले भाइरसको फैलावटलाई लिएर पनि हल्का टिप्प्णी गरेका थिए ।
यसअघि ट्रम्पले भाइरस छिट्टै बेपत्ता हुन सक्ने दाबीसमेत गरेका थिए, जबकि ह्वाइट हाउसकै स्वास्थ्य विज्ञहरुले यी दाबीमा कुनै सत्य नरहेको टिप्पणी गरेका थिए ।
पदमै रहेका बेला गम्भीर रोगबाट प्रताडित हुने ट्रम्प पहिलो राष्ट्रपति हुन् । ७४ वर्षका ट्रम्पमा कोरोना संक्रमणको खबर फैलिएसँगै अमेरिकामा शेयर बजार ओरालो लागेको छ ।
अमेरिकामा कोरोना संक्रमणका कारण २ लाख बढीले ज्यान गुमाएका छन् भने ७४ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् ।
ट्रम्प र उनका धेरैजसो सहयोगीले सामाजिक दूरी र मास्क लगाउने काम गरेका थिएनन् ।
गत मंगलबार साँझ भएको राष्ट्रपति बहसमा ट्रम्पले डेमोक्रेट्रिक पार्टीका उम्मेदवार जो बाइडेनलाई निरन्तर मास्क लगाएको भन्दै जिस्क्याएका थिए । राष्ट्रपतिमा कोरोना परीक्षण पुष्टि भएपछि ह्वाइट हाउसले शुक्रबारका धेरै कार्यक्रम स्थगित भएको घोषणा गरेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL