Breaking News Tuesday, 29 Sep, 2020
Prestige Media

नेपालमा रुसी कोरोना भ्याक्सिन बेच्न सम्झौता

रुसले बनाएको कोरोना भाइरसविरुद्धको स्पुतनिक–५ भ्याक्सिनको २ करोड ५० लाख डोज नेपाल ल्याउने सम्झौता भएको छ ।
द रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) ले विज्ञप्ति जारी गर्दै ट्रिनिटी फर्मास्युटिकल्ससँग उक्त सम्झौता भएको जानकारी दिएको हो ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि यो समाचार प्रकाशन गरेको छ ।
‘यो सम्झौताले नेपालका ९० प्रतिशत मानिसलाई स्पुतनिक–५ को पहुँच सुनिश्चित गर्नेछ र त्यहाँका क्लिनिकहरूलाई सुरक्षित र प्रभावकारी कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेछ,’ आरडीआईएफको विज्ञप्तिमा भनिएको छ।
एसिया, मध्यपूर्व, ल्याटिन अमेरिका, युरोपका ५० बढी देशहरूले भ्याक्सिन किन्न निवेदन दिएका थिए ।
अहिलेसम्म मेक्सिकोमा ३ करोड २० लाख, ब्राजिलमा ५ करोड, भारतमा १० करोड र उजवेकस्तानमा ३ करोड ५० लाख डोज दिने सम्झौता भइसकेको आरडीआईएफले दाबी गरेको छ ।
ट्रिनिटीका निर्देशक किशोर अधिकारीले सम्झौताबाट आफू उत्साहित भएको बताए । ‘हामी स्पुतनिक–५ को अन्तिम परीक्षणको नतिजा कुरिरहेका छौं । नेपाल सरकारले अनुमति दिनासाथ हामी भ्याक्सिन नेपाली बजारमा पठाउनेछौं,’ अधिकारीको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा लेखिएको छ ।
नेपालमा भ्याक्सिन ल्याउने सम्झौता गरेको ट्रिनिटी फर्मास्युटिकल्स भारतीय कम्पनी हो ।
सन् १९४१ मा स्थापना भएको र केरलाको त्रिसुरमा मुख्यालय रहेको यो कम्पनीले नेपाली बजारमा पनि औषधी बिक्री–वितरण गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
नेपालका औषधी व्यवसायीले भने कम्पनी र अधिकारीबारे जानकारी नभएको बताएका छन् । स्वास्थ्य मन्त्रालयले अहिलेसम्म औषधी ल्याउन कसैले प्रस्ताव नै नगरेको बताएको छ ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले अहिलेसम्म कुनै खोप नेपाल ल्याउन अनुमति नदिइएको जनाए । ‘कुनै पनि प्रमाणित खोप नेपाल ल्याउन मन्त्रालयबाट अनुमति लिनुपर्छ । त्यस्तो अनुमति दिने÷नदिने अध्ययन गर्न हामीले समिति बनाएका छौं,’ उनले भने, ‘अहिलेसम्म कसैले खोप ल्याउन अनुमति माग्नु भएको छैन ।’
नेपालमा कुनै खोपको परीक्षणका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट अनुमति लिन सकिने उनले बताए ।
१० लाख बढी मानिसको मृत्यु भइसकेको कोरोना भाइरसको खोप बनाउन विभिन्न देशहरूबीच प्रतिस्पर्धा छ । तीमध्ये चीन, अमेरिका र अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेका भ्याक्सिन अहिले तेस्रो चरणको परीक्षणका क्रममा छन् ।
रुसले भने तेस्रो चरण परीक्षण नै नगरी आप्mनो खोपलाई गत साउनमा अनुमति दिएको थियो । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले कोरोनाविरुद्धको खोप बनाउने रुस पहिलो मुलुक भएको दाबी गरेका थिए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL