प्रमुख समाचार Friday, 21 Aug, 2020
Prestige Media

रुसले नेपाललाई कोरोनाविरुद्धको भ्याक्सिन दिने

काठमाडौं
नेपालका लागि रुसी राजदूत एलेक्सी नोभिकभले कोरोनाभाइरसविरूद्ध आफ्नो देशले बनाएको भ्याक्सिन नेपाललाई दिन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
रुसले गत साता विश्वमै पहिलोपल्ट कोरोनाविरुद्धको खोपको सफल परीक्षण गरेको थियो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको शिष्टाचार भेटमा राजदूत नोभिकभले रुसले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अर्डर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहे छिट्टै उपलब्ध गराउन पहल गर्ने बताएका हुन् ।
‘रसियाले तयार पारेको भ्याक्सिन नोभेम्बरमा विश्व बजारमा आउनेछ । नेपाललाई प्राथामिकतामा राखेर उपलब्ध गराउन सकिन्छ,’ राजदूत नोभिकभले भने ।
भेटमा दुई देशको कूटनीतिक सम्बन्ध, संसदीय सम्बन्ध, कोरोना प्रभाव, पूर्वाधार विकास, व्यापार र लगानीको साझेदारीलगायतका विषयमा कुराकानी भएको अध्यक्ष तिमिल्सिनाको कार्यालयले जानकारी दिएको छ ।
भेटमा अध्यक्ष तिमिल्सिनाले कोरोना भाइरसले गर्दा विश्व आक्रान्त बनेकामा यसको खोपको सफल परीक्षण आशा जगाएको बताए । उनले भने, ‘विश्वका विभिन्न मुलुकहरू कोरोना भाइरसको भ्याक्सिनको खोजीमा लागिरहेका छन् । हालै रुसमा यसको सफल परीक्षण भएपछि आशा जगाएको छ ।’
अध्यक्ष तिमिल्सिनाले रुसद्वारा सफल परीक्षण भएको भ्याक्सिनले छिट्टै विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउने विश्वास व्यक्त गरे ।
तिमिल्सिनाले रुसमा रहेका नेपाली समुदायलाई सुरक्षित रहन ध्यान दिएकामा रसियन सरकारलाई धन्यवाद दिएका थिए । उनले रसियाले चिकित्सा, इन्जिनियरिङ, औद्योगिक जस्ता क्षेत्रहरूमा सीपयुक्त जनशक्ति विकासमा पु¥याउँदै आएको सहयोग तथा यी क्षेत्रहरूमा दिँदै आएको छात्रवृत्तिले नेपाली विद्यार्थीहरू लाभान्वित भएको बताए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

ग्यास नपाइएको उपभोक्ता गुनासो, आधा सिलिन्डरको सकस कहिलेसम्म ?

दिल्ली पुगे रास्वपा सभापति लामिछाने

आज गणतन्त्र दिवस, टुँडीखेलको कार्यक्रमलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

कि प्रधानमन्त्रीलाई बोलाइदिनुपर्‍यो, होइन भने मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL