स्वास्थ्य Thursday, 24 May, 2018
Prestige Media

संघीयता अनुसारका स्वास्थ्य संरचना बनाउँदैछौ- स्वास्थ्य राज्यमन्त्री

काठमाडौँ, जेठ १० गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्याकुमारी अर्यालले संघीयता अनुरुपका स्वस्थ्यका संरचना र प्रभावकारी स्वास्थ्य प्रणाली बनाउन क्रियाशील रहेको बताउनुभएको छ ।

विश्व स्वास्थ्य संगठनको ७१औँ महासभालाई बुधबार जेनेभामा सम्बोधन गर्दै राज्यमन्त्री अर्यालले स्वास्थ्य क्षेत्रको संस्थागत विकास स्थानीय तहमा स्वास्थ्यका संरचना र गुणस्तरीयतामा सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई सहकार्यका लागि आग्रहसमेत गर्नुभयो ।

उहाँका स्वकीय सचिव राजेश शर्माका अनुसार राज्यमन्त्री अर्यालले नेपालले हालसम्म स्वास्थ्यको क्षेत्रमा हासिल गरेको उपलब्धिका बारेमा प्रकाश पार्दै सहस्राब्दी विकास लक्ष्यको नजिक पुगेको बताउनुभएको थियो ।

उहाँले विगतमा नेपालले गरेको सफल अभ्यासको सिकाइलाई आत्मसात् गरी विश्व स्वास्थ्य संगठनको नीति, योजना र कार्यक्रम निर्माणमा नेपालको पनि प्रभावकारी भूमिका हुनुपर्नेमा जोड दिनुभएको थियो ।

मन्त्री अर्यालले बुधबार नै भारतका स्वास्थ्यमन्त्री जगतप्रकाश नाडा र चिनियाँ प्रतिनिधिमण्डलसँग भेट गर्दै स्वास्थ्य क्षेत्रमा भएका सहकार्य, आगामी दिनमा हुनसक्ने साझेदारीका बारेमा छलफल गर्नुभएको बताइएको छ ।  (रासस)

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री

सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश

महानगरको छात्रवृत्ति परीक्षामा सोह्र हजार सहभागी हुँदै

स्वास्थ्य बीमा क्षेत्रमा पुन विचार गरिनेछ: प्रधानमन्त्री

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्नु : प्रम केपी ओली

अब रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

स्वास्थ्य मन्त्री पौडेल अस्पताल भर्ना

अण्डाको मूल्य बढ्यो

कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL