स्वास्थ्य Tuesday, 8 May, 2018
Prestige Media

कर्णाली प्रदेशका ६४ प्रतिशत अस्पताल बाहिरै सुत्केरी

सुर्खेत, वैशाख २५ गते । कर्णाली प्रदेशमा ६४ प्रतिशत स्वास्थ्य संस्था बाहिरै सुत्केरी हुने गरेको तथ्य खुलेको छ ।

प्रदेशको भौगालिक विकटता, प्रतिकूल वातावरण, सामाजिक अन्धविश्वास, कुरीति र अशिक्षाले अझै पनि अधिकांश स्वास्थ्य संस्थामा नपुगेरै सुत्केरी भइरहेको कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको नेपाल पारिवारिक स्वास्थ्य सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणअनुसार १० जिल्लाका ३६ प्रतिशत मात्रै स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने गरेका छन् । प्रदेशमा ७३ प्रतिशत गर्भ जाँच गराउन स्वास्थ्य संस्थामै पुगे पनि सुत्केरी हुन स्वास्थ्य संस्थामा नजाने गरेको मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताउनुभयो ।

गर्भवती जाँच र सुरक्षित सुत्केरीका लागि स्वास्थ्य संस्थामा जाने क्रममा आशातीत सुधार भने भएको छैन । स्वास्थ्य संस्थामै पुगेर सुत्केरी नहुँदा प्रदेशमा प्रतिएक हजारमा शिशु मृत्युदर २९ र प्रतिएक लाख जीवित जन्ममा मातृ मृत्युदर २२ भएको महाशाखा प्रमुख शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार नवजात मृत्युदर ४७ र प्रतिएक हजारमा पाँच वर्षमुनिका शिशुको मृत्युदर ५८ छ ।

औसत आयु ६५ वर्ष रहेको प्रदेशमा बालबालिका र प्रजनन उमेरका महिलाले पोषण नै नपाउने गरेको प्रमुख शाहीको भनाइ छ । प्राकृतिक विपद्ले सिर्जना हुने मानवीय, आकस्मिक स्वास्थ्य समस्या तथा नयाँ नयाँ रोग देखा परिरहेका छन् ।

अर्बुदरोग, सडक दुर्घटना र मानसिक समस्या भने प्रदेशमा बढ्दो क्रममा छ । गुणस्तरीययुक्त औषधि प्राप्तिमा जनताको पहुँच, अत्यावश्यक औषधि र उपकरणको प्रभावकारी उपकरण तथा वितरण प्रणाली राम्रो हुन नसकेको मन्त्रालयले बताएको छ ।
पूर्ण सरसफाइसम्बन्धी सचेतीकरण
सुर्खेतमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई पूर्ण सरसफाइसम्बन्धी सचेतना दिलाइएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालय, खानेपानी तथा ढल निकास विभागअन्तर्गत वातावरणीय सरसफाइ शाखाको आर्थिक सहयोग र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा नेपाल दलित तथा जनजाति विकास केन्द्र (कोडेड नेपाल) सुर्खेतले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई पूर्णसरसफाइसम्बन्धी सचेतीकरण कार्यक्रम सञ्चालन गरेको दलित गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव नारायण विकले जानकारी दिनुभयो । कार्यक्रममा खानेपानी तथा सुपरीवेक्षण कार्यालय सुर्खेतका फोकल पर्सन जीतबहादुर सारु र वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत प्रकाश पौडेलले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिले वीरेन्द्रनगर नगरपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउनका लागि व्यक्तिगत रुपमा सबै आफँैबाट परिवर्तन हुनुपर्ने तथा टोल, बस्ती र वडास्तरबाट नै पूर्ण सरसफाइयुक्त र वातावरणमैत्री बस्ती, टोल, वडा निर्माणका लागि अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । त्यसमा गैरसरकारी संस्थाले समेत सहयोग गर्नुपर्ने उनीहरुको भनाइ छ । (रासस)

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री

सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश

महानगरको छात्रवृत्ति परीक्षामा सोह्र हजार सहभागी हुँदै

स्वास्थ्य बीमा क्षेत्रमा पुन विचार गरिनेछ: प्रधानमन्त्री

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्नु : प्रम केपी ओली

अब रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

स्वास्थ्य मन्त्री पौडेल अस्पताल भर्ना

अण्डाको मूल्य बढ्यो

कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL