खेलकुद Friday, 20 Apr, 2018
Prestige Media

क्रिकेट रंगशाला गोदावरीमा फाइनल, धुर्मुसको प्रस्ताव मन्त्रालयमा

७ वैशाख, काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनले अन्ततः क्रिकेट रंगशाला निर्माणका लागि ललितपुरको गोदावरीमा रहेको जग्गा फाइनल गरेको छ ।

सबै हिसाबले सो जग्गा उपयुक्त देखिएको भन्दै फाउन्डेसनको प्राविधिक टोलीका तर्फबाट खेलकुद मन्त्रालयमा औपचारिक प्रस्तावना पेश गरिएको छ ।

प्राविधिक विशेषज्ञसहितको धुर्मुसको टिमले देशका विभिन्न स्थानहरुमा प्रस्तावित जग्गाको अवलोकन र सरोकारवाला पक्षसँग छलफल गरेर निर्णय लिएको हो । टिमले काठमाडौंको कीर्तिपुर, मूलपानी, चोभार तथा पोखरा, चितवन, भैरहवालगायतका स्थानहरुमा रहेका सरकारी जग्गाको स्थलगत अवलोकन गरेको थियो ।

गोदावरीस्थित १ सय २८ रोपनी जग्गा अहिलेसम्म हेरिएकामध्ये उत्कृष्ट रहेको धुर्मुसको प्राविधिक टिमले ठहर गरेको छ । मनोरम स्थानमा रहेको हुनाले पर्यटकीय दृष्टिकोणले समेत उपयुक्त हुने विश्लेषण गरिएको छ ।

यो जग्गा कृषि मन्त्रालयको मातहतमा रहेको बुझिएको छ । त्यहाँ पहिले मत्स्यपालन गरिएको पोखरी भूईंचालोपछि सुकेकाले प्रयोजनविहीन थियो ।

खेलकुद मन्त्रालयले धुर्मुस सुन्तली फाउन्डेसनलाई सो जग्गा उपलब्ध गराउन कृषि मन्त्रालयलाई पत्र लेख्नुपर्छ । जग्गा उपलब्ध गराउन कृषि मन्त्रालय सकारात्मक रहेको स्रोतले बतायो ।

धर्मुसको टिमले आफ्नो ३२ पेजको प्रस्तावना बिहीबार दिउँसो ४ बजे खेलकुद मन्त्रालयमा बुझाएको थियो । खेलकुद मन्त्री जगत विश्वकर्माले उक्त प्रस्तावना राति घरमा नै लगेर अध्ययन गरेका थिए । तर, शुक्रबार बजेटसम्वन्धि छलफल गर्नुपरेकाले प्रस्तावनामा छलफल गर्न नभ्याएको मन्त्री विश्वकर्माले बताए । भोलि शनिबार भएकाले अब आइतबार यसमा छलफल गरिने उनको भनाइ छ ।

‘जनचाहना अनुसार हामी ढिला गर्ने पक्षमा छैनौं, चाँडोभन्दा चाँडो यसमा निर्णय लिनेछौं,’ मन्त्री विश्वकर्माले भने । सामाजिक क्षेत्रबाट खेलकुद पूर्वाधार निर्माणमा पहल हुनुलाई आफूले सकारात्मक भएको उनले बताए ।

‘म एउटा युवा मन्त्री हुँ र खेलप्रेमी युवाहरुको भावना बुझ्छु,’ उनले भने, ‘त्यसैले मबाट आनाकानी र ढिलासुस्ती हुँदैन ।’

फाउन्डेसनले जग्गा प्राप्तिपछि रंगशाला शिलान्यास भएको डेढदेखि दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । रंगशालालाई विभिन्न इन्डोर गेमहरु पनि खेल्न सकिने गरी बहुउपयोगी बनाइने छ । रंगशाला करिब ४० हजार सिट क्षमताको हुनेछ ।

साभार; अनलाइन खबर

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

अन्तिम टेष्ट म्याचमा भारतको रोमान्चक जित

विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL