प्रविधि Friday, 20 Apr, 2018
Prestige Media

कम्प्युटर सिक्दै जनप्रतिनिधि

रुकुम, वैशाख ७ गते । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका जनप्रतिनिधिले कम्प्युटर सिक्न शुरु गरेका छन् ।

गाउँपालिका तथा वडाबाट हुने सिफारिस, निवेदनलगायतका काम कम्प्युटरबाट गर्नुपर्ने भएपछि वडाध्यक्षहरु, गाउँपालिकामा गठन भएका छ वटा विषयगत समितिका संयोजक र गाउँपालिका उपाध्यक्षले कम्प्युटर सिक्न थालेका हुन् ।

कम्प्युटर प्रयोग गर्न नआउँदा समस्या हुने भएपछि जनप्रतिनिधिले तालीमको आयोजना गरेर सिक्न थालेका हुन् । प्रविधिमा कमजोर भएपछि गाउँपालिकाले नै जनप्रतिनिधिलाई प्रविधिका बारेमा जानकारी गराउने उद्देश्यले तालीम सञ्चालन गरिएको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले बताउनुभयो ।

तालीममा सहभागी १० वडाध्यक्ष, छ विषयगत समितिका संयोजक र गाउँपालिकाका उपाध्यक्ष गरी १७ जनाले माइक्रोसफ्ट अफिस, एक्सल, प्रिन्ट गर्ने विधिलगायत प्राविधिक शिक्षा पढिरहनुभएको छ । प्रविधिको प्रयोग गरेर सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आधारभूत कम्प्युटर तालीमको आयोजना गरिएको अध्यक्ष केसीको भनाइ छ । गाउँपालिका तथा वडा कार्यालयबाट हुने सम्पूर्ण कामको अभिलेख कम्प्युटरमा राख्न लागेकाले जनप्रतिनिधिलाई कम्प्युटर सिकाउनुपरेको अध्यक्ष केसी बताउनुहुन्छ ।

तालीमपश्चात् वडा तथा विषयगत समितिबाट हुने काम कम्प्युटरबाट शुरु गरिने छ । वडा र विषयगत समितिलाई एक–एक सेट ल्यापटप तथा कम्प्युटरको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । (रासस)

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

निष्क्रय बनाइएका सामाजिक सञ्जाल पुनःसञ्चालनमा

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य

युरोपियन अटो ग्रुपद्वारा अमेरिका र इयूबिचको सम्झौताको स्वागत

एआईबाट लाभ लिनुपर्ने मन्त्रीको भनाइ

अन्तरिक्ष स्टेशनतर्फ अमेरिका,जापान र रुसी अन्तरिक्ष यात्रीको संयुक्त यात्रा

लोक सेवा पदपूर्तिको वार्षिक कार्यतालिका सार्वजनिक

नेप्से २९ सय नजिक बढ्यो ७५.८४अंक

ट्राफिक सचेतना कक्षा अनलाइनबाट

नासाले अक्सियम मिसन-४ प्रस्थानको प्रत्यक्ष प्रसारण गर्ने

एप्पलद्वारा इयूलाइ ५० करोड युरो जरिवानाबारे पुनर्विचार गरिदिन आग्रह गर्ने

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL