स्वास्थ्य Thursday, 19 Apr, 2018
Prestige Media

आयुर्वेदिक अस्पतालमा थप चार वटा प्राकृतिक उपचारसेवा शुरु

गाईघाट, उदयपुर, वैशाख ६ गते । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा अवस्थित नेपाल सरकारबाट सञ्चालित पुरानो आयुर्वेदिक अस्पताललाई आगामी दिनमा प्रभावकारी बनाएर लैजानका लागि थप चार वटा प्राकृतिक उपचार सेवा सञ्चालन गरिएको छ ।

वर्तमान अवस्थामा एलोपेथिक उपचारको प्रभाव बढ्दै गइरहेको र परम्परागत होमियोप्याथिक प्रविधिबाट सञ्चालित आयुर्वेदिक सेवाको प्रभावकारिता कम हुँदै गइरहेका बेला सगरमाथा आयुर्वेदिक अस्पताल उदयपुरले थप नयाँ चार प्रकृतिका उपचार विधि सञ्चालन गरेको अस्पताल प्रशासनले बताएको छ ।

अस्पतालका डा सञ्जीवकुमार यादवका अनुसार प्राकृतिक उपचार सेवा पञ्चकर्म, षटकर्म, बमन, बिरेचन, बस्ती, नात्स्य र रक्तपोक्षण सेवा शुरु गरिएको हो ।

डा यादव भन्नुहुन्छ, “अहिले एलोप्याथिक उपचारले होमियोप्याथिक र आयुर्वेदिक उपचार छायामा परेको भए तापनि यसलाई अझ प्रभावकारी बनाउन हामीहरुले थप प्राकृतिक उपचार विधि शुरु गरेका हौँ ।”

यो विधि प्राकृतिक उपचार पद्धति र योगामा आधारित विधि भएका कारण यसले आयुर्वेदिक उपचार सेवालाई अझ प्रभावकारी बनाएर जीवन्त बनाउन सहयोग हुने डा यादवको धारणा छ ।

सरकारले विगतदेखि शुरु गर्दै आएको आयुर्वेदिक उपचार विधि र आयुर्वेदिक अस्पताललाई प्रभावकारी बनाउन आफूहरुले यो उपचार विधि शुरु गरेको सगरमाथा आयुर्वेदिक अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी बताउनुहुन्छ ।

सगरमाथा आयुर्वेदिक अस्पतालले यो सेवा सञ्चालन गर्न शुरु गरेको र यसका लागि भौतिक व्यवस्थापन पक्षका लागि पनि पूर्ण तयारी गरिएको प्रमुख चौधरीले बताउनुभयो ।

सो आयुर्वेदिक औषधालय अस्पताल जिल्लाकै पुरानो आयुर्वेदिक अस्पताल हो ।

अन्य आधुनिक एलोप्याथिक अस्पताल र क्लिनिकका कारण यो अस्पताल तथा औषधालय छायामा पर्दै आइरहेका बेला अस्पताल प्रशासन तथा व्यवस्थापन समितिले उपचार पद्धतिमा नयाँ प्रविधिको शुरुवात गरेको हो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री

सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश

महानगरको छात्रवृत्ति परीक्षामा सोह्र हजार सहभागी हुँदै

स्वास्थ्य बीमा क्षेत्रमा पुन विचार गरिनेछ: प्रधानमन्त्री

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्नु : प्रम केपी ओली

अब रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

स्वास्थ्य मन्त्री पौडेल अस्पताल भर्ना

अण्डाको मूल्य बढ्यो

कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL