स्वास्थ्य Saturday, 10 Feb, 2018
Prestige Media

स्वास्थ्य संस्थामा प्रसूति गराए, गाउँपालिकाबाट दुई हजार भत्ता

सल्लेरी, सोलुखुम्बु, माघ २७ गते । महाकुलुङ गाउँपालिका सोलखुुम्बुले मान्यताप्राप्त स्वास्थ्य संस्थामा प्रसूति गराउने आमालाई प्रोत्साहन भत्ता दिएको छ ।

आमा र बच्चा दुवैको सुरक्षाका लागि बर्थिङ सेन्टरमा प्रसूति गराउने आमालाई प्रोत्साहन गर्ने उद्देश्यले गत पुस २५ गतेदेखि लागू हुने गरी भत्ता दिने निर्णय गरिएको थियो ।

सोही निर्णयअनुसार एक महिनाको अवधिमा दुई जना आमाले भत्ता बुझिसकेको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक हरिप्रसाद आचार्यले जानकारी दिनुभयो ।

सरकारले प्रदान गर्दै आएको रु एक हजार ५०० र गाउँपालिकाको तर्फबाट प्रदान गर्ने रु दुई हजार गरी जम्मा रु तीन हजार ५०० भत्ता सत्केरीले बुझेका छन् । यस्तै अन्यत्र पठाउनु परेमा सरकारको तर्फबाट रु ५०० र गाउँपालिकाको तर्फबाट रु दुई हजार गरी जम्मा रु दुई हजार ५०० भत्ता पाउने छन् ।

साविक छेस्काम, बुङ र गुदेल गाविसलाई मिलाएर बनाएको महाकुलुङ गाउँपालिकाको तीन वटा स्वास्थ्य चौकीमध्ये गुदेल स्वास्थ्य चौकीमा मात्र बर्थिङ सेन्टर सञ्चालनमा रहेको छ । साविकको छेस्काम र बुङमा समेत बर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक पूर्वाधारको तयारी अगाडि बढाइएको गाउँपालिका अध्यक्ष सागर किरातीले जानकारी दिनुभयो ।
थुलुङ दूधकोशी गाउँपालिकाले भने अस्पतालमा प्रसूति गराउनेलाई रु पाँच हजार र बर्थिङ सेन्टरमा प्रसूति गराउनेलाई रु तीन हजार ५०० प्रदान गर्ने निर्णयको गत माघ ५ गतेदेखि कार्यान्वयन भएको छ ।

स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बीमा

गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । २५ जना स्वास्थ्य स्वयंसेविका रहेको उक्त गाउँपालिकामा चैतदेखि यो कार्यक्रम शुरु गरिने गाउँपालिका अध्यक्ष सागर किरातीले जानकारी दिनुभयो ।

पाँच जनाको परिवारलाई सरकारले स्वास्थ्य स्वयंसेविका भएकाले दिएको छुटपछि प्रिमियम तिर्नुपर्ने रकम रु दुई हजार २५० गाउँपालिकाले तिर्ने भएको हो । यस्तै महिला स्वास्थ्य स्वयंसेविकालाई कामको मूल्यांकनका आधारमा प्रोत्साहन भत्ताबापत एक जनालाई वार्षिक रु १० हजार दिने भन्दै बजेटसमेत विनियोजन गरेको छ । (रासस)

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री

सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश

महानगरको छात्रवृत्ति परीक्षामा सोह्र हजार सहभागी हुँदै

स्वास्थ्य बीमा क्षेत्रमा पुन विचार गरिनेछ: प्रधानमन्त्री

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्नु : प्रम केपी ओली

अब रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

स्वास्थ्य मन्त्री पौडेल अस्पताल भर्ना

अण्डाको मूल्य बढ्यो

कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL