Breaking News Tuesday, 28 Nov, 2017
Prestige Media

इन्डोनेसियाको बालीमा पहाडबाट धुवाँको मुस्लो र आगो निस्किएपछि..

बाली : इन्डोनेसियाको बाली द्वीपमा एक ज्वालामुखीबाट विस्फोटका संकेत देखिएपछि उच्चस्तरमा चेतावनी दिइएको छ । सरकारले बाली द्वीपका बासिन्दालाई घर छोडेर जान आदेश दिएको छ।

इन्डोनेसियाली अधिकारीले छिटै ज्वालामुखी विस्फोट हुने खतरा बढेको बताएका छन् । पर्यटकीय द्वीप बालीमा पर्यटकलाई तत्काल बाहिर जान भनिएको छ । साथै बालीस्थित अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि बन्द गरिएको छ । यसबाट बाली पुगेका हजारौं यात्री अलपत्र अवस्थामा छन्।

ज्वालामुखीको क्षेत्र माउन्ट आगुंगको आसपासको क्षेत्र रहेको छ । उक्त क्षेत्र इन्डोनिसियाकै चर्चित पर्यटकीय क्षेत्र कुटाबाट ७५ किलोमिटर दूरीमा पर्छ । सरकारले स्थानीय बासिन्दा र पर्यटकलाई त्यहाँबाट बाहिर जान चेतावनी दिए पनि यातायातको अभावका कारण भाग्न सकेका छैनन् ।

ज्वालामुखी विशेषज्ञ गेडे साउनतिकाले भने, ‘ज्वालामुखीको चेतावनी उच्चतम स्तरसम्म बढाइएको छ । यहाँ लगातार कम्पन भइरहेको छ ।’ उनले गत मंगलबारदेखि यसका केही संकेत देखिएको पनि जानकारी दिए । सोमबार बिहानै धुवाँ निस्कन थालेको उनले बताए । सोमबारका धुवाँका मुस्ला ३ किलोमिटर ४ सय मिटर उचाइसम्म पुगेको उनको भनाइ छ । राष्ट्रिय विपत्ति नियन्त्रण संस्थाले चेतावनीको स्तर बढाएर उच्चतम स्तर गरेको छ । यसअघि कायम गरिएको प्रभावित क्षेत्र ७.५ किलोमिटर बढाएर १० किलोमिटर पुर्‍याइएको छ ।

आधिकारिक प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले जकार्तामा पत्रकार सम्मेलन गर्दै खतराको क्षेत्र बढ्दै गएको बताएका छन् । उनले भने, ‘अहिलेको अवस्थामा २२ वटा गाउँ र करिब ९० हजारदेखि १ लाख मानिस प्रभावित भएका छन् ।’ प्रभावित क्षेत्रबाट ४० हजार मानिस बाहिर गएको उनको भनाइ छ । सोमबार बाली अन्तर्राष्ट्रिय विमानस्थलमा ज्वालामुखीको खरानी पुगेपछि तत्काल बन्द गरिएको हो । विमानस्थलबाट उडान सेवा बन्द भएपछि हजारौं यात्रु विमानस्थल बाहिर जम्मा भएका छन् ।

विमानस्थलका एक प्रवक्ताले करिब ४ सय ४५ उडान रद्द भएको जानकारी दिए । उनका अनुसार विमानस्थल क्षेत्रमा हाल करिब ५९ हजार यात्री अलपत्र परेका छन् । विमानस्थल मंगलबारसम्मका लागि बन्द गरिएको छ । अवस्था हेरी यो बढ्न सक्ने बताइएको छ । प्रति ६ घण्टामा विमानस्थलको समीक्षा गरिने उनीहरूले बताए ।

source ; annapunapost

 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौं बिहान ८:३०देखि कर्फु

नेप्सेपरिसुचक ३००० माथि

आइसिसी क्रिकेट विश्वकप लिग-२: नेदरल्याण्ड्स सँगनेपालको रोमान्चक जित

आईपीएलले पायो नयाँ च्यामपियन रोयल च्यालेन्जर्स बैंग्लुर विजयी

प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

ऊर्जा क्षेत्र विकासका लागि जलस्रोतमन्त्रीले गरे पूर्वसचिवहरूसँग छलफल

उपत्यकाका तीन वटै जिल्लामा बाढीको वितन्डा, सयौं घर डुबानमा

सौर्य एयरको विमान दुर्घटना, १९ यात्रुको मृत्यु

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, सात जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL