Breaking News Thursday, 2 Nov, 2017
Prestige Media

क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु, ‘लाइभ’ शल्यक्रिया चल्दै

रत्ननगर, चितवन, कात्तिक १६ गते । चितवनमा आजदेखि क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ ।

सार्क फेडेरेशन अफ अंकोलोजिस्ट नेपालको आयोजनामा विश्वका विभिन्न देशका विशेषज्ञ चिकित्सकहरुको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको सम्मेलन आयोजक समितिका सचिव डा उमेश नेपालले जानकारी दिनुभयो ।

बिहान १० बजेदेखि शुरु भएको सम्मेलनमा अहिले ‘लाइभ’ शल्यक्रिया चलिरहेको डा नेपालले जानकारी दिनुभयो ।

चितवनको क्यान्सर अस्स्पतालको शल्यक्रिया कक्षमा क्यान्सरको शल्यक्रिया भइरहेको र प्रविधिमार्फत सम्मेलन हलमा विज्ञहरुले प्रत्यक्षरुपमा अध्ययन र अवलोकन गरिरहेका छन् ।

शल्यक्रियाको पद्धतिबारे प्रत्यक्ष हेरेर अनुभव आदानप्रदान हुने विज्ञहरुले बताएका छन् । दुई वटा हलमा शुरु भएको सम्मेलनको अर्काे हलमा भने भारतका विज्ञ प्राध्यापक डा राजेश चन्दवानीले आफ्नो अध्ययन र अनुभवको विषयमा कार्यपत्र प्रस्तुत गरी सो विषयमा छलफल भइरहेको डा नेपालले बताउनुभयो ।

आज दिउँसो दोस्रो सत्रमा विभिन्न विज्ञबाट छ वटा कार्यपत्र प्रस्तुत भई छलफल हुने कार्यक्रम रहेको स्थानीय आयोजक समितिका संयोजक डा भोलाप्रसाद रौनियारले जानकारी दिनुभयो ।

यही कात्तिक १८ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न देशका गरी ३०० विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको छ । जसमा २० जना विज्ञ विदेशबाट सहभागी भएका छन् ।

सम्मेलनमा नेपालसहित भारत, चीन, श्रीलंका, बंगलादेश, सिंगापुर, क्यानडा, टर्की र अमेरिकाका विशेषज्ञहरु सहभागी रहेको डा रौनियारले बताउनुभयो ।

सम्मेलनमा देशविदेशमा क्यान्सर रोगको उपचार पद्धतिका विषयमा अनुभव आदानप्रदान गरी विश्वमा भएका नयाँ उपचार प्रविधिका बारेमा जानकारी आदानप्रदान हुने जनाइएको छ ।

राजधानी बाहिर सम्मेलन पहिलोपटक चितवनमा आयोजना भएको हो । सम्मेलनको औपचारिक उद्घाटन भोलि शुक्रबार क्यान्सर रोग लागेर निको भएकी अभिनेत्री मनिषा कोइरालाले गर्ने जनाइएको छ । (रासस)

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL