Breaking News Sunday, 12 Feb, 2017
Prestige Media

प्रजातन्त्र दिवसको महत्वलाई प्राथमिकताका साथ प्रचारप्रसार गरिने

काठमाडौँ, १ फागुन । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रजातन्त्र दिवसको महत्व र यसको प्रभाव के हो ? भन्ने विषयलाई आमसञ्चार माध्यमले जनतासमक्ष बढी सुसूचित गर्नुपर्ने बताउनुभएको छ ।

६७ औँ प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाउने सन्दर्भमा आज सञ्चारमाध्यमका प्रतिनिधिसँगको छलफलमा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री कार्की संयोजक रहनुभएको उप–समितिको मन्त्रालयमा भएको छलफलमा उहाँले खास गरी नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति (रासस) र गोरखापत्रलगायत सरकारी मातहतका सञ्चार माध्यमबाट प्रजातन्त्रसँग सम्बन्धी सामग्रीलाई विशेष प्राथमिकताका साथ प्रकाशन÷प्रसारण गर्न निर्देशन दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा गठित मूलसमारोह समितिका सदस्य रहनुभएका सूचना तथा सञ्चारमन्त्रीको संयोजकत्वमा प्रचारप्रसार उप–समिति गठन गरिएको छ ।

उप–समितिमा सञ्चार सचिव, काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला विकास समितिका प्रमुख, नेपाल पत्रकार महासङ्घका अध्यक्ष, गोरखापत्र संस्थाका अध्यक्ष, रेडियो नेपालका महानिर्देशक, राससका अध्यक्ष, नेपाल टेलिभिजनका अध्यक्ष र प्रेस काउन्सिल नेपालका अध्यक्षलगायत मातहतका विभागीय प्रमुख सहभागी २२ सदस्य रहनुभएको छ ।

“विशेषगरी टेलिभिजन र अन्य सञ्चार माध्यमले समेत प्रजातन्त्र स्थापना, प्रजातन्त्र पहिले र अहिले र त्यसका उपलब्धि लगायतका विषयलाई समेटेर बहस सञ्चालन गर्न, विभिन्न लेख–आलेख प्रकाशन गर्न आवश्यक छ”–सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले भन्नुभयो ।

सरकारी सञ्चार माध्यमका साथै रेडियो, टेलिभिजन, पत्रपत्रिकालगातयका निजी क्षेत्रका सञ्चार माध्यमले पनि प्रजातन्त्रबारे सिर्जनात्मक ढङ्गले प्रकाशन÷प्रशारण गर्नुपर्ने मन्त्री कार्कीको भनाइ छ ।

मन्त्री कार्कीले अङ्गेजी पाठकलाई लक्षित गरेर ‘द’ राईजिङ नेपालले प्रजातन्त्र सम्बन्धी विशेष रूपमा प्रकाशन गर्न पनि अपिल गर्नुभयो ।

हुलाक सेवा विभागका महानिर्देशक सुरेश अधिकारीले प्रजातन्त्रलाई लक्षित गरेर विभागले नेपालको संविधान २०७२ अङ्कित हुलाक टिकटमा टाँचा लगाउने कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो ।

राससका अध्यक्ष कुलचन्द्र वाग्ले र गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द्र पोखरेललगायतले आफ्नो संस्थाले प्रजातन्त्रबारे विगतका वर्षमा विभिन्न सागम्री सम्प्रेषण गर्दै आएको र यस पटक पनि प्रजातन्त्र दिवसको महत्वलाई विशेष प्राथमिकताका साथ सम्प्रेषण गर्ने बताउनुभयो ।

मूलसमारोह समितिले नेपाल टेलिभिजन र रेडियो नेपाललाई नेपाली सैनिक मञ्चमा हुने कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाउन, प्रजातन्त्रबारे समाचार बुलेटिन तथा समाचारमूलक कार्यक्रम, अन्तवार्ता प्रसारण गर्ने जिम्मेवारी दिएको छ । ६७ औँ प्रजातन्त्र दिवस यही फागुन ७ गते विभिन्न कार्यक्रम गरी मनाइँदै छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL