Breaking News Wednesday, 8 Feb, 2017
Prestige Media

पूर्वसभापति कोइरालाप्रति श्रद्धाञ्जलि

काठमाडौँ, २६ माघ । संविधानसभाबाट संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरियो ।

काँग्रेस केन्द्रीय कार्यालयद्वारा आज सानेपामा आयोजित कार्यक्रममा काँग्रेसका शीर्ष नेताहरुले संविधानको प्रभावकारी कार्यान्वयन र निर्धारित मितिमा तीनै तहका निर्वाचन गर्न सकेमात्र स्व कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । कोइरालाको अकल्पनीय रुपमा २०७२ माघ २५ गतेराति निधन भएको थियो ।

कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले कोइरालाको दृढ अठोटले संविधानबाट संविधान जारी गर्न सफल भएको उल्लेख गर्र्दै संविधान कार्यान्वयन अहिलेको प्रमुख चुनौती रहेको बताउनुभयो ।

जीवनभर सङ्घर्ष गर्नुभएका स्व कोइराला सफल नेता भएको उल्लेख गर्दै सभापति देउवाले निर्धारित समयभित्र संविधानअनुसार तीनै तहका निर्वाचन गर्न सकेमात्र राजनीतिक स्थायित्व भई २००७ सालदेखिको प्रजातन्त्र संस्थागत गर्ने लडाइँ अन्त्य हुने धारणा व्यक्त गर्नुभयो ।

निर्वाचनप्रतिको अन्योलताका सम्बन्धमा सभापति देउवाले आवश्यक कानुनसमेत पारित भइसकेको सन्दर्भमा कुनै पनि हालतमा निर्वाचन भएरै छाड्ने जिकिर गर्नुभयो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले स्व कोइरालाको दृढ निश्चय, सिद्धान्तप्रतिको निष्ठा र असल आचरणको सबै नेता कार्यकर्ताले आत्मसात् गर्नुपर्ने बताउँदै संविधान जारी गर्दाको दृढता दलहरुले कार्यान्वयनमा पनि देखाउनुपर्ने उल्लेख गर्नुभयो ।

आगामी निर्वाचनको कार्यसूची तय गरी काँग्रेस जनतामाझ जानुपर्ने सुझाव दिँदै उहाँले व्यवस्थापिका–संसद्मा विचाराधीन संविधान संशोधनको प्रस्तावलाई टुङ्ग्याई शीघ्र निर्वाचन मिति घोषणा गर्नुपर्ने बताउनुभयो ।

काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले नेपालमा प्रजातन्त्र स्थापनाका लागि स्व कोइरालाको योगदान अतुलनीय रहेको स्मरण गर्दै संविधानको कार्यान्वयन र निर्धारित समयमा तीनै तहका निर्वाचन गर्न सकेमात्र स्व कोइरालाप्रति श्रद्धाञ्जलि हुने बताउनुभयो ।

कार्यक्रममा पार्टी कोषाध्यक्ष एवम् शान्ति तथा पुनःस्थापना मन्त्री सीतादेवी यादवले संविधानको संशोधन नभई सफल कार्यान्वयन हुन नसक्ने बताउँदै पार्टीमा गुटउपगुटको अन्त्य गर्न नेतृत्वलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका नेता एवम् पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, काठमाडौँ काँग्रेसका सभापति सबुज(कृष्ण) बानियाँ र नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले मुलुक र जनताका लागि स्व कोइरालाले गरेको त्याग तथा योगदानका बारेमा चर्चा गर्दै संविधान कार्यान्वयनमा सबै दल एकजुट हुुनुपर्ने धारणा व्यक्त गर्नुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL