Breaking News Wednesday, 8 Feb, 2017
Prestige Media

प्रधानमन्त्रीद्वारा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण

चितवन, २६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुकुम्बासीको समस्या दिगो र स्थायी हुने गरी छिट्टै समाधान गरिने बताउनुभएको छ ।

नेकपा(माओवादी केन्द्र) चितवनले आज भरतपुर उपमहानगरपालिका– १७ को माडेचौरमा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सुकुम्बासी व्यवस्थापनका लागि नीति र कार्यक्रम मन्त्रिपरिषद्बाट छिट्टै पारित गरिने बताउनुभयो ।

आफू पहिलोपटक प्रधानमन्त्री हुँदा वैकल्पिक व्यवस्था नभएसम्म सुकुम्बासीलाई बसिरहेको ठाउँबाट नहटाउने निर्णय गरेअनुरुप अहिले आ–आफ्नो ठाउँमा बसिरहेको बताउनुभयो ।

नेपालमा सुकुम्बासी समस्या प्रमुख र संवेदनशील रुपमा रहेको भन्दै उहाँले बस्ने ठाउँ सबै नेपालीले पाउनुपर्ने बताउनुभयो ।

शिक्षा, स्वास्थ्य र रोजगारी संविधानमा आधारभूत अधिकारभित्र राखिएको भन्दै प्रधानमन्त्री दाहालले त्यसलाई व्यावहारिक रुपमा अगाडि बढाउन नीति नियम बन्दै गरेको बताउनुभयो ।

सो अवसरमा उहाँले देशको राजनीतिक परिस्थिति निकै जटिल अवस्थामा रहेको भन्दै निकट भविष्यमा हुनलागेको तीन तहको निर्वाचन सफल बनाउन सबैसँग आग्रह गर्नुभयो । निर्वाचनको तयारीमा सरकार जुटिसकेको भन्दै उहाँले निर्वाचनसँगै संविधान कार्यान्वयन भएर जाने बताउनुभयो ।

उक्त स्थानमा भगवती फार्म प्रालिको नाममा रहेको ११ बिगाहा जग्गा विसं २०५८ मा तत्कालीन नेकपा (माओवादी)ले कब्जा गरेको थियो । सो जग्गालाई गतवर्षको जेठमा माओवादी निकट व्यवसायी कृष्णप्रसाद अधिकारीसहितको समूहले भगवती फार्म प्रालिबाट कब्जापछि बसेका सुकुम्बासीलाई जग्गा दिने सहमतिमा खरिद गरेको थियो । सोही जग्गामा बसेका १५६ घरधुरीलाई प्रतिपरिवार ६ धुरका दरले जग्गाको लालपुर्जा आज वितरण गरिएको हो ।

सोही अवसरमा स्थानीय विद्यालय र बाटिका निर्माणका लागि पाँच कठ्ठा जग्गासमेत हस्तान्तरण गरिएको छ । सुकुम्बासी र विद्यालय एवम् बाटिकालाई जग्गा प्रदान गरेपछि बाँकी रहेको सबै जग्गा बिक्री गरिसकिएको जग्गाधनी कृष्णप्रसाद अधिकारीले बताउनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL