Breaking News Tuesday, 7 Feb, 2017
Prestige Media

म्याग्दीको दुर्गम कुइनेमङ्गले पूर्ण साक्षर गाविस घोषणा

म्याग्दी (बेनी), २५ माघ । म्याग्दीको अत्यन्त दुर्गम कुइनेमङ्गले गाविसलाई साक्षर गाविस घोषणा गरिएको छ ।

१५ देखि ५९ वर्ष उमेर समूहका ९६ प्रतिशत सर्वसाधारणले अङ्क अक्षर चिन्न र पढ्नसक्ने भएपछि सोमबार एक विशेष समारोहबीच सो गाविसलाई साक्षर गाविस घोषणा गरिएको हो ।

सो अवसरमा सांसद् रेशम बानियाँले शैक्षिक जागरणबाट मात्रै सामाजिक परिर्वतन सम्भव भएको बताउँदै दुर्गम क्षेत्रमा देखिएको शैक्षिक जागरणले अन्य क्षेत्रलाई पनि पाठ सिकाएको छ भन्नुभयो ।

उहाँले सो गाविसमा माध्यामिक विद्यालय सञ्चालनका लागि शिक्षकको दरबन्दी र भौतिक पूर्वाधार विकासमा आफूले सकदो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गाविस सचिव जीतबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ र नेपाली काँग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले साक्षरता अभियानले तीव्रता पाइरहेकाले जिल्लालाई छिट्टै साक्षर जिल्ला घोषणा गरिने बताउनुभयो ।

स्वास्थ्य बिमा गरेकालाई निःशुल्क उपचार

सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बिमा) गरेका म्याग्देलीले आगामी फागुन १ गतेदेखि निःशुल्क सेवा पाउने भएका छन् ।

सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालय र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीले सहयोगी परिचालन गरी सुरु गरेको दर्ता अभियानमा स्वास्थ्य बिमा गरेकालाई फागुन १ गतेदेखि निःशुल्क सेवा दिने गरी सोमबार पोखरामा सम्झौता भएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डाक्टर गुणराज लोहनी र म्याग्दीका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन न्यौपानेबीच बिमा सेवामा आवद्ध भएकालाई बेनी अस्पताल म्याग्दी र प्राथमिक स्वास्थ्य केन्द्र दरबाङबाट निःशुल्क सेवा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा बिमा दर्ताको प्रमाणपत्र लिएर आउने बिरामीलाई समान्यदेखि जटिल रोगको उपचारका साथै औषधिसमेत निःशुल्क उपलब्ध गराउने सम्झौतामा उल्लेख भएको डा रोशन न्यौपानेले बताउनुभयो ।

“बिमा कार्यक्रममा सहभागी भएकाले निःशुल्क सेवा पाउनु हुनेछ, त्यसैले सबैलाई स्वास्थ्य विमामा सहभागी हुन अनुरोध गर्दछु” डा न्यौपानेले भन्नुभयो ।
म्याग्दीमा स्वास्थ्य बिमाप्रति आर्कषण बढेको छ । बिमा सेवामा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रुपमा प्रति परिवार दुई हजार ५०० र पाँच जनाभन्दा बढी भएमा प्रति सदस्य ४२५ रुपैयाँका दरले थप रकम तिरेर सदस्य बनी स्वास्थ्य सेवा लिन पाइने व्यवस्था रहेको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL