Breaking News Wednesday, 1 Feb, 2017
Prestige Media

अदुअआलाई फैसला भएका मुद्दामा ६० प्रतिशत सफलता

काठमाडौँ, १९ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आव २०७२÷ ७३ को वार्षिक प्रतिवेदन आज पेस भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा आयोगका कावा प्रमुख आयुक्त दीप बस्न्यातले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धनको दिशामा सम्पादन गरेका कार्य समेटिएको आयोगको छब्बिसाँै वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

आयोग र मातहतका कार्यालयमा आव २०७२÷ ७३ मा १५ हजार एक सय २६ उजुरी परेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अघिल्लो आवमा सरेर आएका नौ हजार पाँच सय ६५ समेत गरी आयोगमा रहेका २४ हजार छ सय ९१ उजुरीमध्ये उक्त आवमा १६ हजार ६९४ उजुरी फछ्र्याेट भएको जनाइएको छ ।

फछ्र्याेट भएका उजुरीमध्ये १० हजार छ सय छ उजुरी प्रारम्भिक छानबिनपछि तामेलीमा राखिएको थियो भने चार सय २८ उजुरीमाथि विस्तृत अनुसन्धान गरिएको थियो ।

सो अवधिमा दुई सय ८५ पुरुष र २५ महिलालाई प्रतिवादी बनाई एक सय ४४ मुद्दा विशेष अदालतमा दायर गरिएको थियो । दायर भएका मुद्दामा शैक्षिक प्रमाणपत्रतर्फ ५२, घुससम्बन्धी ४६, सार्वजनिक सम्पत्ति हानीनोक्सानीसम्बन्धी २२ तथा अन्य २५ रहेको बताइएको छ ।

आयोगबाट विशेष अदालतमा दायर भएकामध्ये आव २०७२÷ ७३ मा दुई सय ८२ मुद्दा फैसला भएकामा आयोगलाई ६० प्रतिशतमा सफलता प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । आयोगबाट अदालतमा अभियोजन गर्ने निर्णय भएका मुद्दामा रु एक अर्ब ३३ करोड ४० लाख बिगो माग दाबी गरिएको छ ।

आयोगको कारबाही र पहलमा पहाडमा छ हजार सात सय ६० रोपनी तथा तराईमा पाँच हजार दुई सय ३१ बिघा जग्गा सरकारका नाममा कायम गर्न लेखिपठाइएको तथा विगतमा भएको निर्णयको कार्यान्वयनबाट पहाडमा दुई सय ३८ रोपनी र तराईमा एक सय ३३ बिघा जग्गा सरकारको नाममा आइसकेको जानकारी दिइएको छ । सरकारले आव २०७२÷७३ आयोगलाई रु एक अर्ब दुई करोड सात लाख ३५ हजार बजेट उपलब्ध गराएको थियो ।
संविधानले आयोगलाई सार्वजनिक क्षेत्रको भ्रष्टाचारजन्य कार्य नियन्त्रणका लागि स्वतन्त्र सवैधानिक निकायका रुपमा स्थापित गरी विभिन्न काम, कर्तव्य र अधिकार तोकेको छ । संविधानले परिकल्पना गरेको भूमिका निर्वाह गर्ने क्रममा आयोगले भ्रष्टाचार नियन्त्रणका लागि भ्रष्टाचारजन्य कार्यमाथि अनुसन्धान, तहकिकात र अभियोजनसम्बन्धी कार्यका अतिरिक्त प्रवद्र्धनात्मक तथा निरोधात्मक रणनीतिसमेत अवलम्बन गर्दै आएको छ ।
आयोगले राष्ट्रपतिसमक्ष बुझाएको प्रतिवेदन प्रधानमन्त्रीमार्फत संसद्समक्ष पेस हुने संवैधानिक प्रावधान छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL