Breaking News Wednesday, 1 Feb, 2017
Prestige Media

निर्वाचनका लागि राजनीतिक वातावरण बन्दैछ

काठमाडौँ, १९ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सरकार लागिपरेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो – “निर्वाचनका लागि राजनीतिक समझदारी आवश्यक भएकाले यसका लागि सरकार इमान्दारीपूर्वक प्रयास गरिरहेको छ ।”

मन्त्री लेखकले “राजनीतिक सहमति जुटाएर छिट्टै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार लागेको छ” भन्दै निर्वाचनका लागि चाहिने आवश्यक कानुन बनाउन सरकार अग्रसर रहेको बताउनुभयो ।

निर्वाचनको व्यवस्थापकीय पाटोको बारेमा निर्वाचन आयोगसँग छलफल चलाइराखेको बताउँदै उहाँले सविधान संशोधन गरेर यसलाई सर्वस्वीकार्य बनाई मुलुकलाई निकाश दिने सरकारको प्रमुख जिम्मेवारी रहेको धारणा व्यक्त गर्नुभयो ।

मन्त्री लेखकले व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधन विद्येयकलाई पारित गराउन नेपाली काँग्रेस लाग्ने पनि बताउनुभयो ।

मेलम्चीको खानेपानी उपत्यकावासीलाई खुवाउने लक्ष्यअनुसार सडकमा पाइप बिच्छाउँदा जनतालाई पर्नगएको असुविधाप्रति आफू र आफ्नो मन्त्रालय गम्भीर रहेको बताउँदै उहाँले यसलाई कसरी कम गर्न सकिन्छ भन्नेबारे सरोकारवाला निकायसँग छलफल गरिने बताउनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL