Breaking News Wednesday, 1 Feb, 2017
Prestige Media

पानीको अभावका कारण शौचालय प्रयोग गर्न पाउँदैनन् छात्रा

काभ्रे (धुलिखेल), १९ माघ । कात्तिके देउराली–७ की शुभद्रा गिरीलाई घरबाट विद्यालय पुग्न आधा घन्टा लाग्छ । कात्तिके देउराली–२ स्थित प्रभा उच्च माविमा कक्षा ९ मा अध्ययनरत उनी बिहान उठेर विद्यालय गएदेखि बेलुका घर नफर्कुन्जेलसम्म लामो समयसम्म शौचालय जान पाउँदिनन् ।

पानीको अभावले विद्यालयमा शौचालय प्रयोग गर्न नपाएका कारण बेलुका घरमा नै पुगेर शौच गर्ने गरेको बताउँछिन् । गिरी भन्छिन् – “हाम्रा विद्यालयमा शौचालय जानका लागि धेरै समस्या छ । धेरै वर्ष नै भयो पानी नभएकै कारण शौचालय जान नपाएको । पानी नभएका कारण घरबाट आएपछि घरमा नै पुगेर मात्रै शौच गर्नुपर्ने बाध्यता छ । अहिले त बानी नै भइसकेको छ,।”
उनीसँगै अध्ययनरत छात्रा मनिषा परियार भन्छिन् – “यस्तो समस्या हाम्रो लागि त सामान्य भइसक्यो ।” “यहाँ पढ्न आउने सबै विद्यार्थीको समस्या एउटै हो ।” उनी भन्छिन् – “शौचालय भवनमाथि ट्याङ्की भए पनि पानीको अभावका कारण कहिल्यै शौचालय प्रयोग गर्न नपाएको हौँ ।”

कक्षा १० मा अध्ययनरत अस्मिता गौतमले विद्यालयको शौचालय दुई वटा भए पनि एउटा चाहिँ कहिलेकाहीँ मात्रै खोल्ने गरेको बताइन् । “एउटा प्रायः बन्द हुन्छ, अर्को सधैँ खुल्नेमा पानी नै हुँदैन, त्यसैले हामीलाई विद्यालय आउने बेलामा पानीको अभावका कारण दिसा गर्न पाउँदैनौँ” – गौतमले भनिन् ।

विद्यालयको हाताभित्र रहेको एउटा सानो धारोमा गाउँभरिका मान्छे पानी लिन जम्मा हुने भएकाले विद्यालयले भनेजति पानी प्रयोग गर्न नपाएको विद्यार्थीको भनाइ छ ।
विद्यालयमा छात्रामैत्री शौचालय भए पनि पानीको अभावका कारण प्रयोगमा ल्याउन नसकेको शिक्षक चुडा कोइरालाले बताउनुभयो । पानीको वैकल्पिक व्यवस्था नभएको र भएको एउटै धारो पनि बजारभरिकाले प्रयोग गर्दा पानीको अभाव भएको उहाँले भन्नुभयो ।

पानीको अभाव खेपिरहेका विद्यालयले पनि सिङ्गो गाउँले झैँ चौरीखोला लिफ्टिङ योजनाको पर्खाइमा छ । “त्यो योजना नआइन्जेलसम्म यहाँ पानीको अभाव त्यस्तै रहन्छ ।” शिक्षक कोइरालाले भन्नुभयो, “गाउँलेले समेत खेतमा भएको पानीलाई तानेर बिजोग अवस्थाले खाइरहेका छन्, झन वैशाख जेठमा त विद्यार्थीलाई पिउने पानीसमेत पुग्दैन, शौचालयका लागि त कुरै छाडौँ ।”

यसरी पानीको अभावकै बीचमा उक्त गाविस गत माघ २ गते खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको छ । खुल्ला दिसामुक्त घोषणा भए पनि पानीको अभावका कारण शौचालय प्रयोग गर्न नपाएपछि घोषणा कार्यक्रमलाई निरन्तरता दिन चुनौती थपेको गाविस सचिव कुसुम सिर्मलले बताउनुभयो ।रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL