Breaking News Tuesday, 31 Jan, 2017
Prestige Media

विद्यालयलाई रु ३० लाखको जग्गादान

बाबियाचौर (म्याग्दी), १८ माघ । बेनी नगरपालिका–१३ तातोपानीमा रहेको सरस्वती माविलाई एक दम्पतीले रु ३० लाख मूल्य बराबरको जग्गा उपलब्ध गराएका छन् ।

विद्यालयको शैक्षिक एवम् भौतिक विकासका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले गत बिहीबारदेखि सञ्चालित महायज्ञ तथा धार्मिक, शैक्षिक महोत्सवको अवसरमा जग्गा सहयोग प्राप्त भएको हो ।

तातोपानी फापरखेत घर भई हाल चितवन टाँडी निवासी टुङ्गलाल अधिकारी र उहाँकी श्रीमती तारा अधिकारी शर्माले सोमबार करिब दुई रोपनी जग्गादान गर्नुभएको मूल आयोजक समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो ।

स्थानीय मूल्याङ््कन अनुसार सो जग्गाको मूल्य रु ३० लाख कायम गरिएको छ । जग्गादाता अधिकारी दम्पतीलाई विद्यालय तथा महायज्ञ आयोजकको तर्फबाट सम्मान गरिएको थियो । विद्यालय परिसरमा अधिकारीको अर्धकदको सालिक र परिवारका सदस्यको नामावली विवरण रहेको ताम्रपत्र राख्ने निर्णय भएको छ ।

यसैगरी, सिङ्गा तातोपानी शैक्षिक एवम् धार्मिक महोत्सव तथा महायज्ञको पाँचौँ दिन सोमबारसम्म जिन्सीबाहेक रु ३८ लाख ८५ हजार सहयोग सङ्कलन भएको प्रचारप्रसार उपसमितिका संयोजक विक्रम बुढाथोकीले जानकारी दिनुभयो । सोमबार रु १७ लाख १७ हजार १३ नगद सहयोग प्राप्त भएको हो ।

माघ २० गतेसम्म सञ्चालन हुने महायज्ञमा पण्डित नारायण न्यौपानेले कथावाचन गरिरहनुभएको छ । सरस्वती माविमा प्राविधिक शिक्षाको विस्तार गर्ने, कक्षा ११ र १२ को पठनपाठन सञ्चालन र शैक्षिक तथा भौतिक विकासका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले महोत्सव सञ्चालन गरिएको व्यवस्थापन समितिका अध्यक्ष विष्णुदत्त उपाध्यायले बताउनुभयो ।

सत्रजना शिक्षक, शिक्षिका कार्यरत विद्यालयमा पाँचजना मात्र दरबन्दीका छन् । १२ जनाको तलब निजी स्रोतबाट व्यवस्थापन हँुदै आएको छ । विद्यालयमा तीनसय २० जना भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL