Breaking News Sunday, 29 Jan, 2017
Prestige Media

संविधान कार्यान्वयन अहिलेको प्रमुख राष्ट्रिय आवश्यकता हो–उपप्रम निधि

फलेवास (पर्वत), १६ माघ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो लोकप्रियता बढाउनका लागि एमालेले राष्ट्रियताका विषयमा भ्रम फैलाएको आरोप लगाउनुभएको छ ।

पर्वतको कुश्मास्थित सहिदस्मारक आवासीय माध्यामिक विद्यालयको आज यहाँ आयोजित रजतजयन्ती समारोहमा उहाँले भन्नुभयो “एमालेले सङ्घीयता नचाहेकाले अनावश्यक भ्रम फैलाउने काम गरेको छ ।”

उपप्रधानमन्त्री निधीले मधेसलाई अर्को देशको देख्ने र हिमाल पहाडको दुरी बढाएर मुलुकमा अस्थिरता ल्याउने काम एमालेले गर्न खोजेको बताउँदै मधेसीले उठाएका जायज मागसमेत एमालेले पूरा गर्न नखोजेको धारणा व्यक्त गर्नुभयो ।

“संविधानको पूर्ण कार्यान्वयनका लागि मुलुकमा निर्वाचन गर्नुपर्ने अहिलेको प्रमुख राष्ट्रिय आवश्यकता हो,” उहाँले भन्नुभयो – निर्वाचन गराउनका लागि भएपनि संविधान संशोेधनमा सघाउन एमालेलाई आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका नेतासमेत रहनुभएका उपप्रधानमन्त्री निधीले ‘संविधान संशोधनका लागि एमालेले पछिल्लो समयमा देखाएको लचकता सकारात्मक भएको बताउँदै संविधान कार्यान्वयनका लागि आगामी २०७४ माघ ७ गतेभित्र तिनै तहको निर्वाचन सक्नुपर्ने भएकाले सोहीअनुरुप लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

संविधानको पूर्ण कार्यान्वयनका लागि आगामी एक वर्षभित्रमा सबै तहको निर्वाचन गर्ने तयारी सरकारको छ, उहाँले भन्नुभयो – निर्वाचनका लागि आवश्यक पर्ने कानुनको संशोधन गर्नुपर्ने भएकाले त्यससम्बन्धी विधेयक संसद्मा पेस गरिएको र केही दिन भित्रैमा त्यसले मूर्तरुप पाउनेछन् ।

उपप्रधानमन्त्री निधीले सबै तयारी सकेर सरकारले वैशाख वा जेठको पहिलो सातामा नै चुनाव हुने मिति घोषणा गर्ने पनि बताउनुभयो ।

तत्कालीन नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतले हस्ताक्षर गरेका विषय नै संशोधनका लागि दर्ता गरिएको बताउँदै उहाँले आफूले गर्दा राष्ट्रघात नहुने र आफू सरकार बाहिर रहेका बेला सत्ताधारीे पार्टीले संशोधन दर्ता गराउँदा राष्ट्रघात भयो भन्नु जायज नभएको धारणा व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री निधीले एमालेले अनावश्यक रुपमा संविधान संशोधनको विषयलाई उचालेको टिप्पणी गर्दै नागरिकता र भाषाका विषयमा पनि सहमतिमा संशोधनलाई परिमार्जन गर्न सकिने बताउनुभयो ।

यसअघि उहाँले धौलागिरीका एकमात्र सहिद गोविन्दनाथ शर्माको सालिकमा माल्र्यापण गर्नुभएको थियो । सो अवसरमा उपप्रधानमन्त्री निधीले मुलुकका निम्ति बलिदानी दिने सहिदलाई सधैँ राज्यले सम्मान गर्ने बताउनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL