Breaking News Friday, 27 Jan, 2017
Prestige Media

निर्वाचनको तयारीमा जुट्न प्रमको निर्देशन

फलेवास (पर्वत), १४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ आगामी २०७४ को माघ ७ गतेसम्म मुलुकमा तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले त्यसको तयारीमा जुट्न पर्वतका कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ ।

बिहीबार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित पर्वत महोत्सवको उद्घाटनका लागि आउनुभएका प्रधानमन्त्री दाहालले फर्किने बेला पर्वतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको हो । उहाँले वैशाख अन्तिम साता स्थानीय तह, कात्तिकमा प्रदेश र माघ पहिलो साता प्रतिनिधि सभाको निर्वाचन गर्नेगरी सरकार अघि बढेको बताउँदै त्यसको तयारी गर्न निर्देशन दिनुभएको हो ।

उहाँले अब केही दिनभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा हुने जानकारी दिनुभएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचन वैशाख अन्तिम साता हुन्छ, तपाईंहरु ढुक्क हुनुहोस् र त्यसको तयारीमा लाग्नुहोस् प्रधानमन्त्रीले भन्नुभएको थियो । बाहिरी हल्ला सुनेर निर्वाचन हुँदैन कि भन्ने भ्रम नपाल्न पनि निर्देशन दिनुभएको प्रजिअ मरासिनीले जानकारी दिनुभयो ।

उहाँले पर्वतका कार्यालय प्रमुखलाई जनताको काममा कुनै पनि कन्जुस्याइँ नगर्न आग्रह गर्नुभएको छ । सरकारी कर्मचारीको सेवाबाट मात्रै आम नागरिकले राज्य र लोकतन्त्रको अनुभूति गर्ने भएकाले सेवा प्रवाहलाई सुस्त, चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो । उहाँले भ्रष्टाचार न्यूनीकरणमा सघाउ पु¥याउन र बढ्दो बेरुजु फछ्र्यौटमा ध्यान दिन पनि आग्रह गर्नुभएको छ ।

उहाँले मुलुक संविधानको कार्यान्वयनसँगै आर्थिक समृद्धिको दिशामा अघि बढेको बताउँदै जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवका योजना र अन्य भौतिक पूर्वाधार विकासका काममा कुनै अवरोध आउन नदिन पनि सम्बन्धित कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । काम हुन सकेन, बजेट खर्च हुन सकेन भने सरकारले अपेक्षित सफलता हासिल गर्न सक्दैन त्यसैले कार्यालयप्रमुख गम्भीर भएर लाग्न जरुरी छ उहाँले भन्नुभएको उद्धृत गर्दै प्रजिअ मरासिनीले जानकारी दिनुभयो ।

सो अवसरमा प्रजिअ मरासिनीले जिल्लाको समग्र वस्तुस्थिति जानकारी दिँदै प्रधानमन्त्रीको निर्देशन पालना गर्नका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

पार्टी कार्यकर्तालाई निर्वाचनमा जुट्न निर्देशन

यसैबीच, प्रधानमन्त्री प्रचण्डले नेकपा (माओवादी केन्द्र) पर्वतका कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा जुट्न निर्देशन दिनुभएको छ ।

केही दिनमै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेकाले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टीका रुपमा स्थापित गर्न अभियानका रुपमा लाग्न निर्देशन दिनुभएको माओवादी केन्द्र पर्वतका सेक्रेटरी ढाकाराम गौतमले जानकारी दिनुभयो । उहाँले गाउँगाउँमा जनपरिचालन अभियान सञ्चालन गर्न पनि पार्टी, नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।

उहाँले संविधानको कार्यान्वयनका लागि अबको एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भएकाले जिल्लास्तरमा त्यसको वातावरण सिर्जना गर्नका लागि पहल गर्न पनि आग्रह गर्नुभएको थियो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL