Breaking News Thursday, 26 Jan, 2017
Prestige Media

वैशाख अन्तिम साता स्थानीय तहको निर्वाचन

फलेवास (पर्वत), १३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख अन्तिम साता स्थानीय निकायको निर्वाचन हुने दाबी गर्नुभएको छ ।

पाँचौ पर्वत महोत्सवलाई बिहीबार सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्दै उहाँले निर्वाचनसम्बन्धी विधेयक संसद्बाट पारित भइसकेपछि निर्वाचनको मिति घोषणा गर्ने तयारीमा आफू रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले कानुन निर्माण गर्नुप¥यो, त्यसपछि निर्र्वाचनको मिति घोषणा हुन्छ ।”

प्रधानमन्त्री प्रचण्डले माघ १५ गतेभित्र निर्वाचनको मिति घोषणा भएमा वैशाख अन्तिम सातासम्म चुनाव गर्न सकिने भएकाले दुई÷तीन दिनभित्रमा चुनावको मिति घोषणा हुने दाबी गर्नुभयो । उहाँले माघ १५ गतेभित्र निर्वाचनसम्बन्धी विधेयक पारित गरिसक्न आफूले सम्बन्धित समितिलाई आग्रह गरिसकेको पनि बताउनुभयो ।

आगामी २०७४ को माघ ७ गतेसम्म तीनै तहको निर्वाचन गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा जाँदा मधेसी, थारु, आदिवासी, जनजातिलाई समेतसँगै लैजानुपर्ने भएकाले संविधान संशोधन गरेर अघि बढ्ने तयारी भइसकेको पनि बताउनुभयो ।

उहाँले निर्वाचन गर्ने सम्बन्धमा सबै राजनीतिक दलहरु सहमति नजिक पुगेको बताउँदै मधेसी मोर्चाका मागलाई पनि सम्बोधन गरेर अघि बढ्न सरकार हरतरहले लागिपरेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “जसरी संविधान जारी गर्दा मुलुकका सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिएका थिए, त्यस्तै संविधान कार्यान्वयनको सुनिश्चितता र निर्वाचन गर्नका लागि पुनः एकै ठाउँमा उभिनुपर्ने अवस्था आएको छ ।”

मधेस, पहाड र हिमाललाई मिलाएर देशलाई निर्वाचनमा लैजानुपर्ने उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीको नाताले आफूले सबै पक्षलाई मिलाउन हरतरहले प्रयत्न गरेको बताउनुभयो ।

मुलुक बिखण्डन गर्न खोज्ने तत्व सक्रिय हुँदै गएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आफूले सत्ता र सत्ता बाहिर रहेका पार्टीलाई यो प्रवृत्तिलाई नियन्त्रण गर्न राज्यकातर्फबाट कठोर कदम चाल्ने चेतावनी पनि दिनुभयो । केही व्यक्तिले भड्काउन खोज्दैमा नेपाली जनताको एकतामा बिखण्डन नआउने उहाँको तर्क रहेको थियो ।

अर्को प्रसङ्गमा प्रधानमन्त्री प्रचण्डले सरकार मुलुकको आर्थिक विकास गर्न लागिपरेको बताउनुभयो । जबसम्म मुलुकमा राजनीतिक स्थिरता हुँदैन तबसम्म मुलुक आर्थिकरुपमा सबल हुन सक्दैन । आर्थिक समृद्धि नभएसम्म विश्वका अन्य मुलुकले नेपालको अस्तित्व स्वीकार नगर्ने भएकाले मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ उन्मुख गराउनुपर्ने बताउनुभयो ।

उहाँले दुई छिमेकी मुलुकसँग साझेदारी गर्ने विषयमा गम्भीर ढङ्गले कुरा भइरहेको बताउँदै हवाई मार्ग, रेलमार्ग वा सडकमार्ग तीनवटै माध्यमवाट छिमेकीसँग नजिकिन पहल भइरहेको बताउनुभयो । उहाँले अहिले सरकार ठूला जलाशययुक्त जलविद्यु्त आयोजनातर्फ केन्द्रित बनेको बताउँदै सबै सम्भावनायुक्त क्षेत्रको पहिचान गरी राज्यको लगानीलाई केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले पर्वत जिल्लामा अतिआवश्यक देखिएका सदरमुकाममा सिटी हल निर्माण, कुश्मा–फलेबास–बर्राचौर–हुवास सडक कालोपत्रे, खेलमैदान निर्माण र लप्सी प्र्रशोधन केन्द्रका लागि सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । कोरला नाका तत्काल खुलाउन पहल गर्ने बताउँदै उहाँले नाका खुल्ने बित्तिकै पर्वतलाई व्यापारिक ‘हब’का रुपमा विकास गर्न सकिने आँैल्याउनुभयो ।

दश दिनसम्म सञ्चालन हुने सो महोत्सवमा विभिन्न कार्यक्रम हुनेछन् । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL