Breaking News Wednesday, 25 Jan, 2017
Prestige Media

महिलाको हकमा नेपालले निकै फड्को मारेको छ

काठमाडौँ, १२ माघ । सभामुख ओनसरी घर्तीसँग मोरिससका पूर्वराष्ट्रपति एवम् वल्र्ड लिडरसिप एलायन्स क्लब दि म्याड्रिडका उपाध्यक्ष कासाम उत्तिमको नेतृत्वमा नेपाल भ्रमणमा रहेका टोलीले शिष्टाचार भेट गरेको छ ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा आज बिहान भएको भेटमा उहाँहरुबीच द्वन्द्व समाप्तिपछि समाजका सबैपक्षलाई कसरी समान अवसर दिएर अघि बढ्न सकिन्छ भन्नेबारेमा अनुभव आदानप्रदान भएको थियो ।

भेटका अवसरमा सभामुख घर्तीले नेपालको संविधानका प्रमुख विशेषताकाबारेमा जानकारी गराउँदै कठिन अवस्थालाई पार लगाएर नेपालले अब विकास र समृद्धिको बाटो तय गरिसकेको बताउनुभयो ।

सो अवसरमा पूर्व राष्ट्रपति कासामले महिलाको हक अधिकार स्थापित गर्ने कार्यमा नेपालले निकै फड्को मारेकोमा त्यसको प्रशंसा गर्नुभएको सभामुख घर्तीले राससलाई जानकारी दिनुभयो ।

कासामले भन्नुभयो – “संसारका विकसित भनेका देशमा पनि तपाईंहरुको जस्तो महिलाको हक स्थापित हुन सकेको छैन, महिलाका कतिपय हकलाई अझै पनि उनीहरुले स्वीकारेको कुरा पनि परिणामले देखाउँदैन ।

उक्त क्लबले विश्वभरका अल्पसङ्ख्यक समुदाय जो पछि परेका छन् उनीहरुलाई विकासको प्रवाहमा ल्याउन कसरी अघि बढाएर अवसर दिलाउने भन्ने सन्दर्भमा राज्य र अरु निकायसँग मिलेर काम गर्दै आएका छन् ।

दश वर्षको सशस्त्र द्वन्द्वबाट नेपाल पनि भर्खरै शान्ति प्रक्रियामा अघि बढिरहेको अवस्थामा पछि परेका तथा विगतको द्वन्द्वबाट प्रभावित समुदायलाई के कसरी सम्बोधन गर्न सकिन्छ भन्ने आफ्नो अनुभव बाँड्न तथा त्यसका लागि मिलेर कार्यक्रम बनाएर काम गर्न चाहेको कुरा पनि टोलीले सभामुखसमक्ष जानकारी गराएको छ ।

शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने सिलसिलामा थुप्रै मेहनत गरेको, सबैखाले कठिनाइलाई पार गरेर एउटा प्रक्रियामा अघि बढ्दै नेपालको शान्ति प्रक्रिया यहाँ आइपुगेको हँुदा अब सरासर हिँड्ने बाटो तय गरिसकेको सो अवसरमा सभामुखले टोलीलाई जानकारी गराउनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL