Breaking News Thursday, 19 Jan, 2017
Prestige Media

“निर्वाचन कानुन निर्माण र पारितलाई प्राथमिकीकरण गर्नुस्”

ललितपुर, ६ माघ । आगामी वर्षको माघभित्र संविधानले परिकल्पना गरेको तीन तहको चुनाव गर्न निर्वाचनसँग सम्बन्धित कानुन निर्माणलाई प्राथमिकीकरण गरी निर्वाचनकोे कार्यतालिका तत्काल घोषणा गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

नेपाल कानुन समाजले संविधान कार्यान्वयन प्रक्रियाका सम्बन्धमा केन्द्रीय सरोकारवालासँग आज गरेको अन्तक्र्रियामा सहभागी वक्ताले नेपालको संविधानलाई हाम्रो र राम्रो हुनेगरी सर्वस्वीकार्य गराउन सम्बन्धित सबै सङ्घसंस्था र सरोकारवालाले सहयोग पु¥याउनुपर्छ भन्नुभयो ।

गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समानुपातिक र समावेशी सिद्धान्तलाई आत्मसात् गरेर जारी गरिएको संविधान निकै महत्वपूर्ण दस्तावेजका रुपमा रहेको हुँदा यसको सफल कार्यान्वयको कडीका रुपमा सङ्घ, प्रदेश र स्थानीय प्रदेशको निर्वाचनलाई हेरिँदै आएको उहाँहरुको भनाइ थियो ।

उच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएका कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका पूर्व सचिव टेकप्रसाद ढुङ्गानाले संविधानलाई प्रभावकारी बनाउन त्यस सम्बन्धी कानुन प्राथमिकताका आधारमा निर्माण गर्न सरोकार मन्त्रालय र निकाय जिम्मेवार हुनुपर्छ भन्नुभयो ।

संविधानविद् एवम् पूर्व सांसद पुष्पा भुसालले राजनीतिक प्रणाली परिवर्तन मात्र नभएर समाज रुपान्तरणका लागि नेपालको संविधानले फड्को मारे पनि तीन तहका निर्वाचन नभएसम्म संविधान कार्यान्वयले पूर्णता नपाउनेभएकाले यसतर्फ संसद् र सरकार सचेत हुनु आवश्यक छ भन्नुभयो ।

समाज रुपान्तरण र राष्ट्रिय प्राथमिकताका विषयका कानुन निर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले प्रजातन्त्रको मेरुदण्डका रुपमा रहेको स्थानीय निकायको निर्वाचनलाई राज्य र राजनीतिक दलले पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

पूर्वन्यायाधीश यदुवशी झाले संविधानले आत्मसात् गरेको समानुपातिक र समावेशी सिद्धान्तको पालना नगर्ने जो कोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउन आवश्यक देखिएको बताउनुभयो ।

सांसद अनारकली मियाले छिटो निर्वाचन गरेर सङ्क्रमणलाई अन्त्य गराउनुपर्ने बेलामा संविधान सशोधनको विषय ल्याएर अलमलमा पारेको धारणा व्यक्त गर्नुभयो ।

अर्का सांसद डम्बरबहादुर नेपालीले प्रमुख राजनीतिक दलको अहिलेको गतिविधिले संविधानको स्वीकार्यता बढाउने तथा कार्यान्वय सहज रुपमा हुने कुरामा आशङ्का गर्न सकिने प्रशस्त ठाउँ रहेको विचार प्रकट गर्नुभयो ।

नेपाल बार एसोसिएसनका पूर्व महासचिव सुनिल पोखरेलले नेपाल कानुन आयोगलगायतका संस्थालाई बेवास्ता गर्ने अनि जोसँग सम्बन्धित कानुन हो उसैको परामर्शमा निर्माण गर्दा कार्यान्वयमा प्रश्न उठ्नेप्रति सचेत रहन आवश्यक छ भन्नुभयो ।

नेपालस्थित दी ओस्लो सेन्टरका कार्यक्रम निर्देशक सेसिलिया वाइलेस्जोले नेपालको संविधानको सफल कार्यान्वयमा आफ्नो संस्थाले सक्दो सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL