Breaking News Thursday, 19 Jan, 2017
Prestige Media

अधिकारबारे सचेत बन्दै ग्रामीण क्षेत्रका महिला

इनरुवा, ६ माघ । सुनसरी कप्तानगन्ज–२ की शोभाकुमारी मेहतालाई गाविसमा एक वर्षमा कति बजेट आउँछ र कहाँ खर्च हुन्छ भने केही थाहा थिएन । तर अहिले उहाँलाइ सबै कुरा थाहा भइसकेको छ । कारण एउटै हो– सामुदायिक विकास परियोजनाबाट प्राप्त गरेको तालिम ।

मेहता त एउटा गाविसका लागि उदाहरणका पात्र मात्र हुनुहुन्छ । उहाँ जस्तै जिल्लामा अन्य गाविसका महिलालाई सुनसरी सदरमुकाम इनरुवामा रहेको सामुदायिक विकास कार्यक्रम (सिडिपी)ले तालिम दिएपछि सबै गाविसमा आउने बजेट खर्च हुने विषयमा जानकार भइसक्नुभएको छ ।

सिडिपीले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा १० समूहमा दुई सय ५५ जना महिलालाई चारदिन तालिम दिएपछि महिलाले सबै कुरा थाहा पाउन थाल्नुभएको छ । संस्थाले सुनसरीको हरिपुर, मधुवन, प्रकाशपुर, लौकही, श्रीपुरजब्दी लगायतका गाविसमा महिलाको भेला गराई विभिन्न समूह गठन गरेर विकासमा पहुँच पु¥याउनका लागि विभिन्न किसिमको कार्यक्रम गर्दै आएको छ ।

सोही कार्यक्रमअन्तर्गत सिडिपीले जिल्लाको १५ वटा गाविसमा महिलालाई एकत्रित गरेर गाविसमा आउने बजेट र खर्च हुने बजेटको विषयमा प्रशिक्षण दिएपछि अहिले महिलाले आफ्नो अधिकार खोज्न र आफूहरुका लागि आएको बजेट कहाँ खर्च भइरहेको छ भने विषयमा चासो राख्न थालेको सिडिपीकी सहजकर्ता पवित्रा कार्कीले बताउनुभयो ।

जिल्लाका महिलालाई जागरुक बनाउँदै पछाडि परेको समुदायलाई विकास निर्माण र अफ्नो अधिकार खोजी गर्नका लागि सक्षम बनाउने आफूहरुको उद्देश्य रहेको सिडिपी सुनसरीका कार्यक्रम संयोजक सरस्वती कोइरालाले बताउनुभयो ।

यसरी गैरसरकारी संस्थाप्रति विभिन्न किसिमका टीकाटिप्पणी भइरहेको बेला सिडिपीले गरेका कामले स्थानीयवासी खुसीसमेत भएका छन् । सिडिपी जस्तै अन्य गैरसरकारी संस्थाले कार्यक्रम तथा काम ग¥यो भने पक्कै पनि गाविसमा रहेका अशिक्षित व्यक्तिलाई शिक्षित तुल्याएर आफ्नो अधिकार खोज्ने सवालमा कोही पनि पछि नपर्ने स्पष्ट छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL