Breaking News Thursday, 19 Jan, 2017
Prestige Media

नगरवासी भन्छन् ‘प्रहरी मेरो साथी’ भएन

बनियानी (झापा), ६ माघ । झापा भद्रपुरका नगरवासीले ‘प्रहरी मेरो साथी’ नभएको गुनसो गरेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरले ‘प्रहरी मेरो साथी’ भन्ने मूल नाराका साथ बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीले त्यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा स्थानीयवासी खड्ग लिम्बूले प्रहरी मेरो साथी अभियानमा मात्र सीमित रहेकाले सर्वसाधारण अहिले पनि प्रहरीसँग डराउने गरेको बताउनुभयो । प्रहरीले निर्दोष र दोषीको पहिचान नगरी हचुवाको भरमा कारबाही गर्दा सर्वसाधारणमा डर फैलिएको उहाँको आरोप छ ।

त्यस्तै, अर्का स्थानीयवासी हेमलाल भट्टराईले सीमा क्षेत्रमा पशुजन्य चौपायाको तस्करी प्रहरीकै मिलेमतोमा भइरहेको दाबी गर्नुभयो । उहाँले सीमामा प्रहरीले चेकजाँचको नाममा सर्वसाधारणलाई दुःख दिने गरेको गुनासो पोख्नुभयो । नगरवासी हजरत अलीले बजार क्षेत्रमा मात्र प्रहरी बढी केन्द्रित हुने गरेकाले नगरको अन्य क्षेत्रमा सुरक्षामा चुनौती थपिएको बताउनुभयो ।

प्रहरी मेरो साथी भन्ने नाराजस्तै नगरवासीले प्रहरीलाई साथी मानेर सहयोग गरेमा मात्र नगरको शान्तिसुरक्षामा सुधार आउने प्रहरी निरीक्षक कुलप्रसाद चौधरी बताउनुभयो । कुनै पनि प्रहरीले कानुन विपरीत काम गरेमा विभागको नियमअनुसार कारबाही गरिने उहाँले आश्वासनसमेत दिनुभयो ।

भद्रपुर भारतको विहार र बङ्गाल राज्यसँग जोडिएको बताउँदै दरबन्दी अनुसारको प्रहरी नहुँदा केही समस्या भएको उहाँ बताउनुभयो । एकजना प्रहरी निरीक्षकसहित ९५ जना प्रहरीको दरबन्दी हुनुपर्नेमा ४२ जना प्रहरी मात्र कार्यरत रहेको प्रनि चौधरीले जानकारी दिनुभयो ।

कार्यालय भवन अभावले प्रहरी नपठाउँदा बृहत् नगरको सुरक्षामा व्यवस्थापनमा चुनौती थपिएको उहाँको भनाइ छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL