Breaking News Thursday, 19 Jan, 2017
Prestige Media

प्रदेश नम्बर २ मा पनि पर्यटकका लागि होमस्टे

वीरगन्ज, ६ माघ । देशमा पुनः प्रादेशिक सीमाङ्कनको बहस चलिरहेको बेला प्रदेश नम्बर २ अन्तर्गत पर्साको ग्रामीण बस्ती सुवर्णपुर गाविसका स्थानीयवासीले भने आफ्नो ठाउँलाई आर्थिक समृद्धितर्फ डो¥याउन होमस्टे निर्माण गरी आन्तरिक पर्यटकलाई आफूतिर तान्न थालेका छन् ।

प्राकृतिक सम्पदाले भरिपूर्ण पर्सा वन्यजन्तु आरक्ष घुम्न आउने आन्तरिक पर्यटकका लागि आरक्षभित्र रहेका चित्तल, बँदेल, मयूर जस्ता जनावर तथा पक्षी र बाघमोचन (टावर), माईस्थान, घोडे मसान, बुद्धेश्वर महादेव जस्ता तीर्थस्थल, चारकोसे झाडी, डापही दहजस्ता प्राकृतिक दृश्यले आन्तरिक पर्यटकलाई लोभ्याउने गरेका छन् ।

प्रदेश नम्बर २ मा पर्यटक आकर्षित गर्ने धेरै प्राकृतिक तथा प्राचीन सम्पदा रहेकाले यहाँ आउने पर्यटकका लागि बासस्थानका लागि होमस्टे स्थापना गर्ने क्रम बढ्दै गएको छ । पर्सा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रअन्तर्गत सुवर्णपुर गाविसको वडा नं २ र ९ मा १५ वटा होमस्टे स्थापना गरिएको जानकारी दिँदै होमस्टे व्यवस्थापन समितिका अध्यक्ष शम्भुराम पाण्डेले तर सरकारी उदासीनता र प्रचारप्रसारको अभावमा होमस्टे ओझेलमा पर्दै गइरहेको बताउनुभयो ।

व्यापक मात्रामा तथा सरकारीस्तरमा प्रचारप्रसार हुन नसक्दा यी होमस्टेमा प्रतिमहिना २५ देखि ५० जना आन्तरिक पर्यटक आउने यस क्षेत्रमा पिकनिक स्थल, स्थानीय वेशभूषा तथा संस्कृति झल्काउने सांस्कृतिक भवन निर्माण गर्ने लक्ष्य लिए पनि आर्थिक अभावका कारण सो गर्न नसकिएको सुवर्णपुरका मङ्गनी साहले बताउनुभयो ।

परम्परागत संस्कृति वेशभूषा रहनसहनको उद्गमस्थलका रुपमा रहेको सुवर्णपुरमा एउटा सांस्कृतिक भवन बनाउन सकिए यसले आन्तरिक पर्यटनलाई थप सेवा दिई आर्थिक विकास अगाडि बढ्ने विश्वास व्यक्त गरिएको छ । संस्कृति भवन काठमाडौँ, हेटाँैडा, सीमावर्ती भारतीय सहर जितपुर, तथा वीरगन्जबाट आउने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको होमस्टेमा स्थानीय विभिन्न किसिमका परिकार लोकप्रिय हुँदै गएका छन् ।

प्राकृतिक दृश्य, जैविक विविधताले भरिपूर्ण वनजङ्गल लोप भइरहेको अवस्थामा जङ्गली जनावर, चराचुरुङ्गी तथा ऐतिहासिकस्थलहरु पर्यटक लोभ्याउने मुख्य धरोहरका रुपमा रहेका छन् ।

प्रदेशको समृद्धिका लागि पर्यटन नै मुख्य आधार भएकाले यहाँ रहेका प्राकृतिक दृश्य ऐतिहासिक तथा प्राचीनस्थलको विकासमा सरकारले जोड दिनुपर्ने भनाई सुवर्णपुरवासीको रहेको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL