Breaking News Wednesday, 18 Jan, 2017
Prestige Media

पहिचान संरक्षणको प्रतीक बन्यो ‘थारु होमस्टे’

भीमदत्तनगर, ५ माघ । भीमदत्तनगरपालिका–१६ नयाँबस्तीका १७ वर्षीया सोमन राना आफ्नो समुदायका महिलाले लगाउने वेशभूषा ९अंगिया, घङ्रीया र उडनिया० बारे दुई वर्षअघिसम्म अनभिज्ञ हुनुहुन्थ्यो ।

कञ्चनपुरको भीमदत्तनगरपालिकाको सरस्वती उच्च माविमा अध्ययनरत १७ वर्षीया सोमनले भन्नुभयो – ‘हाम्रो समुदायमा त महिलाले लगाउने गहनाकै प्रकार देखेर म आफंै चकित छु ।’ नयाँबस्तीमा गत वर्षदेखि सञ्चालनमा आएको नेपालमै पहिलो राना थारु सामुदायिक घरबास ९होमस्टे० सञ्चालनमा आएपछि पाहुनाको स्वागत मात्रै होइन, स्वयम् बस्तीकै नयाँ पुस्ताले आफ्नो कला, संस्कृति, पहिचान लगायतका विषयमा दरिलो ज्ञान बटुल्ने थलोको रुपमा लिएका छन् ।

सोमनसँगै अध्ययन गर्ने राना थारु समुदायका एक दर्जनभन्दा बढी विद्यार्थी छात्राहरु गत वर्षदेखि होमस्टेमा आउने पाहुनाको स्वागतदेखि परम्परागत नृत्य देखाउनसम्म आफ्नो पहिरन र गरगहनामा सजिएर खटिएका हुन्छन् । ‘पहिले त पहिरन लगाउनै दुई घण्टा लाग्थ्यो,’ स्थानीय केसमती रानाले भन्नुभयो – ‘अहिले त चाँडै लगाएर पाहुनाको स्वागतमा आइसक्छौं ।’ बाह्य वेशभूषाको प्रभाव बढिरहेका बेला गाउँमा सञ्चालन भएको होमस्टेले समुदायको पहिचान संरक्षणमा टेवा पुगेको केसमतीको भनाइ छ ।

गएको वर्ष होमस्टेमा एक हजारभन्दा बढी पर्यटकले होमस्टे अवलोकन गरेको बताउँदै राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाले रु ९ लाख भन्दा बढीको कारोबार भएको राससलाई सानकारी दिनुभयो ।

‘पहिले होमस्टेमा होटलकै जस्तै ग्राहक आउँलान्, बास बसेर, खाना खाएर जाने होलान जस्तो लागेको थियो,’ सचिव रानाले भन्नुभयो – ‘होमस्टे त समुदाय र हाम्रो परिचय बढाउने महत्वपूर्ण थलो बन्यो ।’ नौवटा घरमा होमस्टे सञ्चालन गरेर सुरु गरिएको बताउँदै उहाँले चाँडै थप दुई वटा होमस्टे थप्ने तयारी थालिएको जानकारी दिनुभयो ।

उहाँले पनि राना समुदायमा लोप हुनै लागेका कला, संस्कृति, पहिरन र पहिचान जोगाउन होमस्टे एउटा प्रतीककै रुपमा रहेको बताउनुभयो । ‘हामीले लगाउने धेरै पहिरन र गरगहनाहरुका बारेमा हामी नै सुरुमा अनभिज्ञ थियौैं,’ सचिव रानाले भन्नुभयो – ‘अहिले गाउँमा भएको पुराना गहनाहरु सङ्कलन गरेर पाहुना आउँदा प्रयोग गर्ने गरिएको छ ।’ होमस्टेमा खटिएका महिलाहरुमध्ये अधिकांश विद्यालयका विद्यार्थीहरु रहेको उहाँले बताउनुभयो । ‘सुरुमा त लजाउनेदेखि तयार हुन झन्झट मान्थे,’ उहाँले भन्नुभयो – ‘अहिले त पाहुना आउँदा तयार हुन भन्नै पर्दैन ।’

होमस्टेमा आउने बाह्य तथा आन्तरिक पर्यकटको रोजाइमा थारु नृत्य र पहिरन बढी पर्ने गरेको छ । ‘नृत्य देखाउने भए मात्रै बास बस्छौं भन्ने पर्यटकहरु पनि धेरै आए,’ रानाले भन्नुभयो–‘आन्तरिकसँगै बाह्य पर्यटकहरु बढाउन थप पहल गर्न सकिएको छैन ।’ उहाँले सुरुवातमा एक युवतीलाई थारु गहना र पहिरनमा सजाउन मात्रै रु १ लाख भन्दा खर्च भएको बताउनुभयो । ‘गरगहना पुराना दिनका सबै चाँदीका थिए,’ उहाँले भन्नुभयो – ‘चाँदीसँगै कासाका गरगहनाहरु पनि प्रयोगमा ल्याएका छन ।’

होमस्टे सञ्चालनमा आएपछि धेरै विषयमा थाहा भएको र लोप हँुदै गइरहेका गरगहनादेखि पोशाकसम्मको खोजीमा आफूहरु जुटिरहेको सोमनले बताउनुभयो ।
‘पाहुनाहरुलाई स्वागत कसरी गर्ने भनेर होमस्टे खुलेपछि थाहा भयो,’ सोमनले भन्नुभयो–‘होमस्टेले राना थारुको संस्कृति जान्ने अवसर पनि मिलेको छ ।’

‘पुरानो पुस्ताले प्रयोग गर्ने लुगा, उपभोग गर्ने परिकार र लगाउने वेशभूषाका बारेमा हामी नयाँ पुस्ताले जानकारी पनि यसैबाट लियौंं,’ उहाँले भन्नुभयो – ‘गाउँका सबै युवा पुस्ता अब पुरानो संस्कृतिलाई जगेर्नामा लाग्नुपर्छ भन्नेमा छन् ।’

‘झिझी नाच त हामीले बिर्सिसकेका थियौं,’ स्थानीय चानुराम रानाले भन्नुभयो – ‘अहिले गाउँमा भएका पाकापुस्ताले यो नाच सिकाउँदैछन् ।’ त्यसैगरी पहिरनमा घंगरिया, अंगिया, उनिया, पैडा, गरेला, थिच्चु, फुल्बा लगायतका पहिरन र वेशभूषा लगाएर युवतीहरु नृत्य गर्छन् ।

सचिव चेतराम रानाले भन्नुभयो – ‘यहाँ आउने पर्यटकहरु मिसौला ९राना थारुको परिकार० खुबै मन पराउँछन् ।’ गाउँमै उत्पादन भएको अन्न र तरकारी पकाएर खुवाउँदै आएका उनीहरुले आगन्तुकको इच्छा अुनसार परिकार पकाएर खुवाउने गरेका छन् । अहिले होमस्टेमा आवद्ध महिला तथा पुरुषहरु संस्कृति संरक्षणमा तदारुकताका साथ लागिपरेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको होमस्टेबाट करिब पाँच किलोमिटरको दूरीमा एसियाकै लामो महाकाली नदीमा झोलुङ्ग पुल समेत रहेकाले पर्यटकहरुको आगमन सन्तोषजनक रहेको होमस्टे सञ्चालक समितिको भनाइ छ । पूर्वबाट भारतको नैनीताल भ्रमण जाने पर्यटकहरु प्रायः रात बिताउन होमस्टेमा आउने गरेका छन् । ‘पर्यटकका लागि शुक्लाफाँटाको मयूर, चित्तल लगायतका पक्षी तथा जनावरहरु होमस्टेबाटै हेर्न समेत सकिन्छ,’ सचिव रानाले भन्नुभयो – ‘विश्वकै दुर्लभ बाह्रसिंगाको बथानको अवलोकन गरेर होमस्टेमा बास बस्न निकै सहज छ ।’
तराई भू–परिधि कार्यक्रम९ताल० को प्राविधिक तथा भौतिक सहयोगबाट सुरु गरिएको यहाँका होमस्टेलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र पर्यटन व्यवसायीहरुबाट पनि सहयोग मिलिरहेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL