Breaking News Wednesday, 18 Jan, 2017
Prestige Media

प्रजनन स्वास्थ्य र जैविक विविधता संरक्षणमा ग्रिन युथ अग्रपङ्क्तिमा

नेपालगन्ज, ५ माघ । ग्रिन युथमा आबद्ध किशोरकिशोरीहरु अहिले समुदायमा स्वास्थ्य चेतना जागृत गराउन तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा निरन्तर सक्रिय रहेको पाइएको छ ।

नेपाल परिवार नियोजन सङ्घ र विश्व वन्यजन्तु विकास कोष (डब्लुडब्लुएफ)को साझेदारी परियोजनाअन्तर्गत बाँके जिल्लामा गठन गरिएको ग्रिन युथमा सहभागी किशोरकिशोरी ग्रामीण समुदायमा यौन तथा प्रजनन स्वास्थ्य, वन संरक्षण, जैविक विविधता तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गराउन लागिपरेका छन् ।

‘प्राकृतिक स्रोतको दिगो व्यवस्थापनका लागि एकीकृत यौन तथा प्रजनन स्वास्थ्य र जैविक विविधता संरक्षण कार्यक्रमले लिएको रणनीति र उद्देश्य समुदायस्तरबाट मात्र पूरा हुने भएकाले पनि ‘ग्रिन युथ’ समूह गठन गरिएको हो’, सङ्घका सुपरभाइजर कमल सुवेदीले भन्नुभयो । यसखाले कार्यक्रम तथा अभियानबाट विशेषतः ग्रामीण भेगका किशोरकिशोरी र युवावर्गमा महिला सशक्तीकरण, परिवार नियोजनमा पुरुष सहभागितामा वृद्धि, यौन तथा प्रजनन स्वास्थ्यमा महिलाको पहँुच बढेको पाइएको छ भने वन संरक्षण तथा वन्यजन्तु संरक्षणप्रति सिङ्गो समुदाय नै सङ्गठित भएका छन ।

ग्रिन युथमा सहभागी भएर निरन्तर क्रियाशील समूहका संयोजक पूर्णा ओलीलाई अहिले समुदायप्रतिको मोह पनि त्यत्तिकै जागेको पाइन्छ । बाँके महादेवपुरी गाउँलाई आफ्नो कार्यक्षेत्र बनाएर गाउँलेको पुरातनवादी सोचलाई परिवर्तन गर्न कम्मर कसेर लागेको ओलीको भनाइ छ । उहाँले भन्नुभयो, “गाउँका अधिकांश परिवारमा अभैm पनि छोरा नै चाहिने, पुरुषहरु घरको कामप्रति उदासीन हुने, जाँडरक्सी जुवातास खेल्ने प्रवृत्ति र वनजङ्गल जति नाश गरे पनि हुने भन्ने सोचमा परिवर्तन ल्याउनु नै मेरो उद्देश्य र लक्ष्य हो ।”

सङ्घद्वारा सञ्चालित कार्यक्रमले लिएको अपेक्षा पूरा गराउन पनि बाँके जिल्लाका असल युवायुवती तथा किशोरकिशोरीलाई कार्यक्रमको रणनीतिक योजनाभित्र समेटिएको छ भने क्षमता विकास, सेवा केन्द्रको विकास तथा क्षमता अभिवृद्धि, युवा सञ्जालको परिचालन, सामुदायिक सहभागिता, सहकार्य र सञ्जाल विस्तारलाई कार्यक्रमको कार्यनीतिभित्र राखिएको छ ।

बाँके जिल्लामा परिवार नियोजनप्रति जागरुकता बढाउँदै लैजाने, समुदायकै सहभागितामा वन तस्करी, वन अतिक्रमण रोक्ने, जैविक विविधता संरक्षणमा युवावर्गको सहकार्यलाई बढाउने र उनीहरुमा समाजसुधारको भावना जागृत गराउने पनि कार्यक्रमले उद्देश्य बनाएको छ भने जिल्ला जनस्वास्थ्य कार्यालय, परियोजना क्षेत्रका स्वास्थ्यचौकी, तराई भूपरिधि कार्यक्रम, बाँके राष्ट्रिय निकुञ्ज, जिल्ला वन कार्यालय, वन उपभोक्ता समूह, युवा उपसमिति, युवा सञ्जाल, परियोजना अन्तर्गतका विद्यालय र युवा क्लबलाई स्थानीय सहयोगी संस्थाका रुपमा समेटिएको छ ।

ग्रिन युथ नेपाल बाँके जिल्ला कार्यसमितिका पदाधिकारीलगायत ४० जनाभन्दा सदस्य प्रत्येक दिन समुदायसँगको भेटघाट, परिवार नियोजनको साधन वितरण, छोराछोरीप्रति भेदभाव गर्नाका परिणाम, वन संरक्षणका उपाय, जैविक विविधता संरक्षणले समुदायमा पार्न सक्ने फाइदा बुझाउने काममा सक्रिय भएको पाइन्छ । सामुदायिक वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दी र महादेवपुरी क्षेत्रका वन उपभोक्ता समूह, बाल क्लब, आमा समूह, चोरी–सिकारी नियन्त्रण समूह, चरिचरन व्यवस्थापन समूह, आगलागी नियन्त्रण समूह तथा सङ्घद्वारा गठित १० देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरी तथा २० देखि २४ वर्ष उमेर समूहका युवा र सेक्टर समूह परियोजनाबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।

त्यसैगरी, बेचबिखनमा परी पारिवारिक पुनर्मिलन गराइएका किशोरकिशोरी तथा महिला, पाठेघर खस्ने समस्याले पीडित महिला, यौनरोग तथा एचआइभी सङ्क्रमित महिला तथा पुरुष तथा परियोजना क्षेत्रका सबै बालबालिकालाई पनि लाभान्वित समूहअन्तर्गत समेटिएको छ ।

सङ्घका अनुसार बाँके जिल्लाको कम्दी, महादेवपुरी, मनिकापुर, फत्तेपुर र बिनौना गाविसलाई परियोजनाको क्षेत्र छनोट गरी पहिलो चरणअन्तर्गत सन् २०११ जनवरीदेखि डिसेम्बर २०१३ सम्म र दोस्रो चरणअन्तर्गत सन् २०१५ देखि २०१७ डिसेम्बरसम्म कार्यक्रम सञ्चालन भइरहेको छ ।

परियोजना कार्यक्रमले विशेषतः वनमा आश्रित समुदाय, मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदाय, वन उपभोक्ता समूहबीच समन्वय गराई वनको सुरक्षा, जैविक विविधताको संरक्षण, बायोग्यास प्लान्ट निर्माण र वितरण, नेतृत्व विकास तालिम, कम्प्युटर तालिम, आयआर्जन कार्यक्रम र बहुउद्देश्यीय सहकारी संस्थालाई सहयोग गर्दै आएको छ ।

सङ्घका सुपरभाइजर सुवेदीका अनुसार हाल नेपालका २३ जिल्लामा ग्रिन युथ नेपाल गठन गरी यस्तै खालका कार्यक्रम सञ्चालनमा ल्याइएको छ । यसबाट विशेषतः जनसङ्ख्या नियन्त्रण भई महिला, किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा सुधार तथा जैविक विविधता संरक्षण हुने विश्वास गरिएको छ ।

परियोजना सञ्चालनपछि युवाको सक्रिय सहभागिता र सामुदायिक परिचालनले निकै सकारात्मक भूमिका खेलेको पाइन्छ भने सन् २०१३ देखि युवालाई सहभागी गराई परिवार नियोजनका अस्थायी साधन वितरण तथा परामर्श सेवाका लागि समुदायमा परिचालन गरिएपछि सेवाग्राहीको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको पनि सङ्घको तथ्याङ्कमा उल्लेख छ ।

साथै, परिवार नियोजन सेवाअन्तर्गत लामो अवधिका अस्थायी साधन आइयुसिडी र इम्पलान्टहरु सेवा केन्द्रबाट प्रभावकारी रुपमा वितरण भएको पाइएको छ भने यसखाले कार्यक्रमबाट जिल्लाको सिपिआर अर्थात् साधन प्रयोगकर्ताको दरमा अभिवृद्धि हुँदै जाने पनि देखिएको छ ।

सोही परियोजनालाई सघाउ पु¥याउन सङ्घले किशोरकिशोरी र युवायुवतीको सहभागितामा युवा सूचना केन्द्रसमेत गठन गरी समुदायको समग्र दिगो व्यवस्थापनका लागि परिचालन गर्ने गरेको सुपरभाइजर सुवेदी बताउनुहुन्छ । परियोजनालाई थप प्रभावकारी बनाउन ग्रिन युथमा सहभागी युवावर्गको दिगो व्यवस्थापन, प्राकृतिक स्रोतको उचित बाँडफाँड, सरोकारवालाबीच ठोस समन्वयकारी भूमिका, परिवार नियोजनको कार्यक्रमलाई थप वैज्ञानिकीकरण, विस्तार र भौतिक पूर्वाधार निर्माण, आन्तरिक प्रशासनको सबलीकरण लगायतका पक्ष चुनौतीका रुपमा रहेको पाइएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL