Breaking News Tuesday, 17 Jan, 2017
Prestige Media

महाकाली नदीमा आधा दर्जन पुल बन्छन्ः भारतीय राजदूत राय

भीमदत्तनगर – नेपालका लागि भारतीय राजदूत रणजीत रायले महाकाली नदीमा आधा दर्जन पक्की मोटर तथा झोलुङ्गे पुल निर्माण हुने बताउनुभएको छ ।

भारतीय दूतावासको सहयोगमा निर्माण सम्पन्न भएको कञ्चनपुरको भीमदत्तनगरस्थित महेन्द्रनगर उच्च माविको नवनिर्मित भवनको आज उद्घाटन गर्दै राजदूत रायले महाकाली नदीमा चार लेनको पक्की पुलसँगै पश्चिमी सीमा जोडिएको दार्चुलादेखि कञ्चनपुरसम्म अन्य थप ५/६ वटा पुल निर्माणका लागि काम अघि बढिरहेको जानकारी दिनुभयो ।

उहाँले महाकाली नदीमा पुल बने सुदूरपश्चिमको विकासमा टेवा पुग्ने बताउनुभयो । “भारतको वनबासाबाट दक्षिणतिर चार लेनको पुल बन्छ ।” उहाँले भन्नुभयो– “पहाडी जिल्लामा पनि महाकालीमा पुल निर्माण हुनेछन् ।”

त्यसैगरी पञ्चेश्वर जलविद्युत् परियोजना बने सुदूरपश्चिमसँगै भारतको उत्तराखण्ड र उत्तर प्रदेशको विकासले गति लिने बताउनुभयो । भारतले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको उहाँको भनाइ थियो ।

महेन्द्रनगर उच्च माविको प्राचार्य उदयप्रकाश साउदका अनुसार दूतावासको रु चार करोड २२ लाखको लागतमा निर्माण सम्पन्न भएको ३२ कोठे भवनसँगै फर्निचर र कम्प्युटरसमेत सहयोग रहेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL