Breaking News Tuesday, 17 Jan, 2017
Prestige Media

ज्ञवालीको रिटमाथि सुनवाइ सुरु

काठमाडौँ, ४ माघ । सर्वोच्च अदालतले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट हटाइएका सुशील ज्ञवालीले दायर गरेको रिटमाथि सुनवाइ सुरु गरेको छ ।

ज्ञवालीले पुनःबहालीको माग राख्दै आज सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले प्रारम्भिक सुनवाइ गर्दै अन्तरिम आदेश दिने÷नदिने सम्बन्धमा विपक्षलाई उपस्थिति गराउने आदेश दिएको सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी गराउनुभयो ।

उहाँका अनुसार आदेशमा विपक्षीलाई ज्ञवालीलाई हटाएर र नयाँ प्रमुख कार्यकारी नियुक्त गर्नुको कारणसहित सर्वोच्चमा उपस्थित हुन भनिएको छ । सोमबार ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रिपरिषद्, प्रधानमन्त्री र डा गोविन्दराज पोखरेललाई समेत विपक्षी बनाई दायर गरेको निवेदनमा आफूलाई हटाउने र डा पोखरेललाई नियुक्त गर्ने काम गैरकानुनी भएको भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै निवेदन दिनुभएको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले ज्ञवालीलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको थियो । गत पुस २७ गतेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई हटाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा डा पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL